काठमाडौं । राष्ट्रिय सभाका नवनियुक्त सचिव तुलबहादुर कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले कँडेललाई पद तथा गोपनीयताको शपथ गराए। शपथसँगै सचिव कँडेलले सिंहदरबारस्थित राष्ट्रिय सभा सचिवको कार्यकक्षमा पद बहाली गरेका छन्।
पद बहालीका क्रममा राष्ट्रिय सभा सचिवको हैसियतले आगामी फागुन २० गते पदावधि सकिने राष्ट्रिय सभा सदस्यहरुले सभाका बैठकमा दिएका मन्तव्यहरुको संगालो छुट्टाछुट्टै पुस्तकका रुपमा प्रकाशन गरेर दिने निर्णयमा हस्ताक्षर गरेका छन्।









