एक लाख घुससहित नापीका सर्भेक्षक र सहयोगी रंगेहात पक्राउ

गौतमबुद्ध सन्देश

काठमाडौं  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगञ्जस्थित नापी कार्यालयका दुई कर्मचारीलाई एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नापी कार्यालयका सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्याय रहेका छन्।

उनीहरूले छुट जग्गा दर्ता गरिदिने बहानामा सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस माग गरेको अख्तियारले जनाएको छ।

आयोगमा परेको सूचना एवं उजुरीका आधारमा अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

अख्तियारको टोलीले सर्भेक्षक राउत र कार्यालय सहयोगी उपाध्यायलाई सेवाग्राहीबाट घुसबापतको एक लाख रुपैयाँ लिइसकेको अवस्थामा उक्त रकमसहित पक्राउ गरेको हो।

उनीहरूलाई वीरगञ्ज महानगरपालिका-३ आदर्शनगरस्थित नापी टोलीको कार्यालयबाटै नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका