भैरहवा । मानव कल्याण मित्र मञ्च नेपाल रुपन्देहीले पूर्व शिक्षा अधिकारी टेकबहादुर थापालाई प्रमुख सल्लाहकार चयन गरेको छ ।
महिला, वालवालिका, पुरुष, बृद्धबृद्धा उद्धार, संस्कृति, कला, भाषा संरक्षण, शिक्षा, स्वास्थ्य तथा मानव जीवनमा आइपर्ने आपतविपदको समस्या समाधानमा समर्पित कल्याणकारी संस्थाको सातौं बार्षिक साधारण सभा तथा तेश्रो अधिवेशनबाट निर्वाचित समितिको बैठकले अम्बिका अर्याल, देवीप्रसाद गौतम, झविलाल अधिकारी, पुरुषोत्तम बस्याल, नरिश्वर पौडेल र गोकर्णराज खरेललाई सल्लाहकारमा मनोनयन गरेको छ ।
संस्थाका अध्यक्ष समाजसेवी दुर्गाप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले कुलमणि ज्ञवालीलाई कानुनी सल्लाहकार र पत्रकार यमलाल भुसाललाई प्रेस सल्लाहकारमा मनोनयन गरेको छ ।
बैठकले संस्था गठनको सात बर्षमा भए गरेका काम तथा हालै सम्पन्न साधारण सभाको समीक्षा गर्नुका साथै आगामी कार्ययोजनाको बिषयमा पनि अन्तरक्रिया सम्पन्न गरेको छ ।
सो अवसरमा मित्र मञ्चका पदाधिकारीहरुले संस्थाले शिक्षा, स्वास्थ्य र मानव कल्याणको क्षेत्रमा गर्नुपर्ने कामहरुको बिषयमा चर्चा गरेका थिए ।








