क्रिमसन अस्पतालमा रक्तदान कार्यक्रम

६१ जना रक्तदाताले गरे रक्तदान ।
गौतमबुद्ध सन्देश

मणिग्राम, २५ कार्तिक । `रक्तदान जीवनदान’ भन्ने नाराका साथ क्रिमसन कलेज अफ टेक्नोलोजी क्रिमसन अस्पताल मणिग्रामले मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
पछिल्लो समयमा जिल्लाभर रगतको अभाव चर्किएको हुँदा नेपाल रेडक्रस सोसाईटीको अनुरोधमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
अस्पताल परिसरमा आयोजना गरिएको कार्यक्रममा अस्पतालका चिकित्सक, कर्मचारी, नर्स, विद्यार्थी तथा बिरामीका कुरुवासमेत सक्रिय रुपमा रक्तदानमा सरिक हुनुभएको थियो । ६१ जना रक्तदाताले रक्तदान गर्नुभएको कार्यक्रम संयोजक तथा अस्पतालका नर्सिङ्ग इन्जार्च सरिता अर्यालले जानकारी दिनुभएको छ ।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी बुटवल रक्त संचार केन्द्रबाट निरन्जन राजभण्डारी, प्रीति रानामगर र निशान थापाको टोलीले सहजीकरण गरेको थियो । बुटवल क्षेत्रमा मात्रै दैनिक १२० पोइन्ट रगत माग रहेको र माग अनुसार रगत उपलब्ध गराउन निकै समस्या देखिएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।
रक्तदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै अस्पताल व्यवस्थापन समिति अध्यक्ष दुर्गाप्रसाद पाण्डेय, अस्पताल निर्देशक डा.शेखर प्रसाद पोखरेल, प्रशासन शाखा प्रमुख कुलमणि ज्ञवाली, जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्याल, मेट्रोन निरा अधिकारी, कार्यक्रम संयोजक सरिता अर्याललगायतले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका