मानव कल्याण मित्र मञ्चको अध्यक्षमा अर्याल निर्वाचित

गौतमबुद्ध सन्देश

भैरहवा । मानव कल्याण मित्र मञ्च नेपालको सातौं बार्षिक साधारण सभा तथा तेश्रो अधिवेशनले दुर्गा प्रसाद अर्याल पुनः अध्यक्षमा चयन भएका छन् । अधिवेशनले पुरुषोत्तम भट्टराईलाई संरक्षकमा चयन गरेको छ ।
मन्चको उपाध्यक्षमा हरिप्रसाद रेग्मी, देवि अर्याल भट्टराई, महासचिवमा कविता पन्थी, सचिवमा तिर्थराज पौडेल, सहसचिवमा मिनप्रसाद भण्डारी, कोषाध्यक्षमा शालिकराम गौतम र सहकोषाध्यक्षमा शेषकान्त खरेल चयन भएका छन् । यस्तै सदस्यमा राजेन्द्रप्रसाद पौडेल, माया चापागाई, निर्मल बस्याल, टिकाराम खरेल, कमला घिमिरे चयन भएका छन् ।
साथै महिला विभाग संयोजकमा पार्वती केसी, सहसंयोजकमा भागिरथि घिमिरे, महासचिवमा इन्दिरा खरेल, सचिवमा प्रतिमा अर्याल, सहसचिवमा समिक्षा गौतम चयन भएका छन् । यस्तै सदस्यमा कमला टन्डन, लक्ष्मी गौतम, छमकुमारी बोहोरा, सीता गौतम चयन भएका छन् ।
यसैगरी आन्तरिक आय व्यय समितिको संयोजकमा सूर्यबहादुर राना तथा सदस्यमा प्रकाश भट्टराई र सचिन पन्थ चयन भएका छन् ।
रुपन्देहीको तिलोत्तमामा केन्द्रिय कार्यालय रहेको उक्त मानव कल्याण मित्र मञ्च नेपालको शनिवार सम्पन्न साधारणसभा तथा अधिवेशनको तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले उद्घाटन गरे ।
सो अवसरमा बोल्दै तिलोत्तमा नगरपालिकाले भौतिक पूर्वाधारको विकाससँगै मानवीय विकासमा पनि विशेष ध्यान दिने बताए । समाज समृद्ध हुनका लागि मानवीय विकासको अति आवश्यक भएकाले भौतिक पूर्वाधारको विकास हुँदैमा त्यसलाई विकास भयो भनेर भन्न नमिल्ने बताए । साथै उनले तिलोत्तमा नगरपालिकाले नगर भित्र मानवीय सुचांकको विकासका लागि सक्दो पहल गरि रहेको बताए ।
मानव कल्याण मित्र मञ्च नेपालका अध्यक्ष दुर्गाप्रसाद अर्यालले आफुहरुले स्थापनाकाल देखि नै समाजमा रहेका विद्यमान कुरीती हटाई समाजमा सद्भावको वातावरण स्थापना गर्नका लागि पहल गर्दै आइरहेको बताए ।
संस्थाले महिला, बालबालिका, गरिब, असहाय, अशक्त, अनाथ, अपाङ्ग, बृद्धबृद्धा, दैवी प्रकोपबाट प्रभावितहरुको सेवा गर्ने गरेको अध्यक्ष अर्यालले बताए ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष दिलबहादुर भट्टराई, ३ का अध्यक्ष कल्याण पौडेल, संरक्षक पुरुषोत्तम भट्टराई, प्रमुख सल्लाहकार टेकबहादुर थापा, सल्लाहकार अम्बिका अर्याल, जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पाण्डे, महिला विभाग संयोजक पार्वती केसी र कमला पाण्डेय लगायतले भनाई राखेका थिए ।
वि.स. २०७५ चैत्र ९ गते स्थापना भएको मानव कल्याण मित्र मञ्च नेपालले त्यसयता निरन्तर रुपमा प्रवासको विभिन्न स्थानमा अलपत्र, असहाय, विछोड भएका महिला बालबालिका पुरुष बृद्धबृद्धाहरुमा आइपरेका समस्या समाधानमा समर्पित रहेको छ । कार्यक्रम अध्यक्ष दुर्गाप्रसाद अर्यालयको अध्यक्षता तथा सचिव कविता पन्थीको संचालनमा सम्पन्न भएको थियो ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका