भूमिदेव फर्निचर मेला : फर्निचर खरिदमा १५ वर्ष ग्यारेण्टीसहित ३५ प्रतिशतसम्म छुट

गौतमबुद्ध सन्देश

भैरहवा, २७ असोज । रुपन्देहीको ओमसतिया गाउँपालिका–२ स्थित पड्सरीमा रहेको भूमिदेव फर्निचर बजार प्रा.लि. १५ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो वार्षिकउत्सवको अवसरमा विशेष छुट योजना सार्वजनिक गरेको छ ।
कम्पनीले वार्षिकउत्सव तथा तिहारको अवसरमा आफ्ना सबैप्रकारका फर्निचरमा ३५ प्रतिशतसम्म छुट प्रदान गर्ने घोषणा गरेको हो ।

कम्पनीका अनुसार बेड, डाइनिङ सेट, ड्रेसिङ टेबल, स्टडी टेबल, अफिस टेबल, मोड्युलर किचन र आकर्षक सोफा सेट लगायत घर तथा अपार्टमेन्टका लागि आवश्यक सम्पूर्ण फर्निचरमा छुट लागू हुनेछ । साथै हरेक उत्पादनमा १५ वर्षसम्मको ग्यारेण्टी समेत प्रदान गरिएको प्रोडक्शन म्यानेजर अभिषेक अर्यालले बताए । छठपर्वसम्म आफ्ना सबै शाखाहरुमा यो छुट अफर लागू हुने अर्यालले जानकारी दिए । ग्राहकलाई एक घण्टाको दुरीसम्म निःशुल्क डेलीभरी सुविधा उपलब्ध गराउने उनले बताए ।

वि.सं. २०६६ सालमा स्थापना भएको प्रतिष्ठानले मुख्य कार्यालय भैरहवा (पडसरी) सहित काठमाडौंको लोकन्थली, भक्तपुर, बानेश्वर, इमाडोल, ललितपुर, झापा र पोखरामा पनि शाखा विस्तार गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पारसमणि गैरेले जानकारी दिए । गुणस्तरीय, दिगो र आधुनिक फर्निचर निर्माण तथा विक्रीवितरण गर्दै आएको उनले बताए।

कम्पनीले आफ्ना उत्पादनमा एक्सन टेसा प्राटिकल बोर्ड र एक्सन टेसा एचडीएचएमआर बोर्ड प्रयोग गर्दै आएको गैरेले बताए । जसले फर्निचरलाई अझ बलियो, आकर्षक र दिगो बनाउने उनले दावी गरे । उनले आगामी दिनहरूमा वातावरणमैत्री उत्पादन, नवीन डिजाइन र आधुनिक प्रविधिको प्रयोगद्वारा सेवा विस्तार गर्ने योजना रहेको सुनाए ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका