लुम्बिनी प्रेस क्लब रूपन्देहीले कोषाध्यक्ष विष्णुप्रसाद भट्टराईका हजुरबुवा रैनादेवी छहरा–३, पाल्पा निवासी होमराज भट्टराईको निधनमा शोक ब्यक्त गरेको छ । क्लबका महासचिव प्रकाश न्यौपानेले जारी गरेको शोक बक्तव्यमा कोषाध्यक्ष भट्टराईका हजुरबुवाको २०८२ असोज १२ गते भएको असामयिक निधनले क्लब परिवार मर्माहत भएको उल्लेख गर्दै दुःखको यसघडिमा दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

विज्ञप्तीमा शोकसन्तप्त परिवारजनमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भन्दै हार्दिक समवेदनना प्रकट गरिएको छ ।
गौतमबुद्ध मिडिया प्रा.लि द्धारा प्रकाशित गौतमबुद्ध सन्देश दैनिक पत्रिकाका प्रबन्ध सम्पादक समेत रहेका बिष्णुका हजुरबुबा भट्टराईको ८२ वर्षको उमेरमा पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो । उहाँ बिगत केहि समयदेखि अस्वस्थ हुनुहुन्थ्यो । स्वर्गीय भट्टराईका तिन छोरा छन् ।









