क्रिमसन अस्पतालद्धारा प्रहरी कार्यालयलाई कम्प्युटर प्रदान

गौतमबुद्ध सन्देश

मणिग्राम, ८ असोज ।
क्रिमसन अस्पताल क्रिमसन कलेज अफ टेक्नोलोजीले ईलाका प्रहरी कार्यालय मंगलापुरलाई कम्प्युटर सेट सहयोग गरेको छ ।
गत भदौ २३ र २४ मा भएको जेन जी प्रदर्शनको क्रममा तोडफोड तथा आगजनीमा परी क्षतिग्रस्त ईलाका प्रहरी कार्यालय भौतिक सामानको अभावमा संचालन गर्न कठिनाई हुँदै आएको थियो । क्रिमसन कलेज अफ टेक्नोलोजीका संचालक बाबुराम भट्टराई र अस्पताल निर्देशक डा.शेखर प्रसाद पोखरेलले ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुदिप जिसीलाई एक÷एक थान कम्प्युटर, प्रिन्टर र टेबुल हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा प्रहरी निरिक्षक केसीले क्रिमसन अस्पतालको सहयोगले प्रहरी कार्यालयको दैनिक प्रशासन संचालन गर्न सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
भदौ २४ मा जेन जीका नाममा प्रदर्शनमा उत्रिएको समूहले ईलाका प्रहरी कार्यालयका दुई वटा भवन तोडफोड तथा आगजनी गरेका थिए । तोडफोड र आगजनीमा परेको प्रहरी कार्यालयलाई स्थानीयले सरसफाईं, रंगरोगन तथा अन्य भौतिक पूर्वाधारमा सहयोग गरिरहेका छन् ।
क्रिमसन अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत यस क्षेत्रको सुरक्षा ब्यवस्था चुस्त दुरुस्त राख्न कम्प्युटर सहयोग गरिएको संचालकद्धय भट्टराई र पोखरेलले जानकारी दिनुभयो ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका