भैरहवामा शान्ति–सद्भाव र्याली

फोटो, भिडियो फुटेज अध्ययन गरिरहेका छौं, अपराधमा संलग्नमाथि कार्वाही हुन्छ : प्रजिअ
गौतमबुद्ध सन्देश

भैरहवा, २७ भदौ । शान्ति, सद्भाव र एकताको लागि लुम्बिनी प्रेस क्लबको नेतृत्वमा भैरहवामा सद्भाव र्याली निकालिएको छ । जेन जेडको आव्हानमा भएको प्रदर्शनपछि सरकारी तथा नीजि संरचनामा आक्रमण, लुटपाट र त्रस्त जनजीवनका साथै परिवर्तिन अवस्था, बढ्दो अन्यौलता र अस्थिरताबाट समाजमा सकारात्मक भावना जागृत गर्ने उद्देश्यले शान्ति–सद्भाव र्याली प्रदर्शन गरिएको हो । अन्तर्राष्ट्रिय सीमाना बेलहियादेखि भैरहवासम्म प्रदर्शन गरिएको शान्ति–सद्भाव र्यालीमा लुम्बिनी प्रेस क्लबमा आवद्ध सम्पूर्ण पत्रकारहरु, नेपाल उद्योग बाणिज्य महासंघ, सिद्धार्थ उद्योग बाणिज्य संघ, चेम्बर अफ कमर्स रुपन्देही, सिद्धार्थ सार्वजनिक यातायात प्रा.लि., सिद्धार्थ होटल संघ नेपाल, भैरहवा भन्सार एजेन्ट संघ, होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन, सिद्धार्थ संजाल, भैरहवा मर्निङ्ग वाक ग्रुप, पश्चिमाञ्चल यातायात प्रा.लि.लगायतका संघ संघठनहरुको ऐक्यबद्धता थियो । शान्ति–सद्भाव र्यालीमा प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेको पनि सहभागिता रहेको थियो । बेलहियामा जेन जेडको प्रदर्शनको क्रममा मारिएका प्रदर्शनकारी, सुरक्षाकर्मी र सर्वसाधारणप्रति एक मिनेट मौनधारण पछि शान्ति–सद्भाव र्याली शुरु भएको थियो । भैरहवाको बुद्धचोकमा शान्ति–सद्भाव र्यालीको समापन गर्दै प्रमुख जिल्ला अधिकारी डा.पाण्डेले दुःखद घटनाबाट पाठ सिकेर समाजमा शान्ति सुरक्षा कायम राख्न सुरक्षा निकायलाई उच्च मनोबल प्रदान गर्न आग्रह गर्नुभयो । उहाँले लुटपाटमा संलग्नहरुको फोटो, भिडियो र फुटेज लिइएको जानकारी दिदै अपराध कर्ममा संलग्न जो कोहि कानुनी दायरामा ल्याएरै छाड्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले बिगत केहि दिनयता जेन जेडको आव्हानमा भएको आन्दोलनमा भएको अपुरणीय क्षति भएकोमा दुःख ब्यक्त गर्दै अब शान्ति र स्थिरताको लागि सबै क्षेत्रबाट पहल गर्नुपर्ने र देशले निकास पाउनुपर्ने बताउनुभयो । जेन जेड प्रतिनिधि सागर ज्ञवालीले भ्रष्टाचार न्युनीकरण, सुशासन र नयाँ नेपाल निर्माणको माग सहित शान्तिपूर्ण आन्दोलन आव्हान गरिएकोमा घुसपैठबाट कल्पना नै नगरेका घटना घटेको उल्लेख गर्दै नयाँ नेपाल बनाउन सबै एकजुट भएर लाग्न आग्रह गर्नुभयो ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका