अन्नपूर्ण न्युरोको सेवा अब क्रिमसन अस्पतालबाट

जटिल समस्याका बिरामीको उपचार तथा शल्यक्रियाको लागि नेपालका प्रख्यात न्युरो बिशेषज्ञ डा.बसन्त पन्तसमेतको टीम अबदेखि क्रिमसनमै आउने भएको छ ।

न्युरो सम्बन्धि जटिल उपचार समेत अब क्रिमसन अस्पताल मणिग्राममा हुने भएको छ । अन्नपूर्ण न्युरो अस्पतालका न्युरो सर्जन डा.समृद्ध मल्लले आईतवारदेखि क्रिमसन अस्पतालमा सेवा शुरु गर्नुभएको छ ।
जटिल समस्याका बिरामीको उपचार तथा शल्यक्रियाको लागि नेपालका प्रख्यात न्युरो बिशेषज्ञ डा.बसन्त पन्तसमेतको टीम अबदेखि क्रिमसनमै आउने भएको छ । अन्नपूर्ण न्युरो अस्पताल काठमाण्डौंमा उपलब्ध गराउने सेवा स्थानीय स्तरमै उपलब्ध हुन सकोस् भनेर सम्झौता गरिएको क्रिमसन अस्पतालका अध्यक्ष दुर्गा प्रसाद पाण्डेयले जानकारी दिनुभयो ।
दुर्घटना वा अन्य मष्तिष्कसम्बन्धी गम्भीर समस्याको लागि अहिले यस क्षेत्रका बिरामीहरु अहिलेसम्म काठमाण्डौं नै धाउनु पर्ने अवस्था छ । न्युरो अस्पतालसँग सम्झौतापछि यहि सेवा पाउँदा बिरामी र आफन्तलाई सजिलो हुनेछ ।
क्रिमसन अस्पतालमा न्युरो सेवासहित हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ, जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी, जनरल फिजिसियन, नाक, कान, घाँटी रोग बिशेषज्ञ, मुटुरोग बिशेषज्ञ, छाति तथा फोक्सो रोग बिशेषज्ञ, छाला तथा यौनरोग बिशेषज्ञ, पेटरोग बिशेषज्ञ सेवा उपलब्ध छन् । त्यसैगरी रेडियोलोजिष्ट, स्त्री तथा प्रसुति रोग बिशेषज्ञ, एनेस्थेसिया तथा सघन उपचार बिशेषज्ञ, बालरोग बिशेषज्ञ, नशा तथा मनोरोग बिशेषज्ञ, मृगौला रोग बिशेषज्ञ, दन्तरोग बिशेषज्ञ, प्याथोलोजी फिजियोथेरापी सेवा पनि अस्पतालले दिदै आएको छ ।
अस्पतालमा भारतीय सेनाबाट अवकाश पाएका परिवार, सामाजिक सुरक्षा कोष र कर्मचारी संचयकोषका संचयकर्ता तथा गोर्खा वेलफेयरका सदस्यहरुलाई निःशुल्क उपचार हुने गरेको छ ।
त्यसैगरी नेपाल सरकारको आमा सुरक्षा कार्यक्रम अन्तर्गत निःशुल्क प्रसुति सेवा, डायलाइसिस सेवा र मुटु उपचार सेवा पनि उपलब्ध रहेको छ ।
अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष, क्रिटिकल केयर युनिट आइसियु, सिसियु, एनआइसियुलगायतका अत्याधुनिक प्रविधि पनि अस्पतालमा उपलब्ध छन् ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका