भैरहवामा दशैं सस्तो बजार सुरु

आम उपभोक्तालाई सस्तो, सुलभ र गुणस्तरीय वस्तु तथा सेवाहरु एकै थलोबाट उपलब्ध गराउने, स्वदेशी तथा स्थानीय उत्पादनको उपभोग प्रवद्र्धन गर्ने, उचित मूल्यबारे उपभोक्ता सचेतना बढाउने, उपभोक्तालाई सस्तो सामान उपलब्ध गराउनका लागि निःशुल्क स्टल उपलब्ध गराउने र दशैं, तिहार, छठपर्व लगायतका महान पर्वहरुमा स्थानीय बजारलाई सक्रिय बनाउने बजारको मुख्य उद्देश्य रहेको छ ।
गौतमबुद्ध सन्देश

भैरहवा, ८ असोज । रुपन्देहीको भैरहवामा बुधबारदेखि दशैं सस्तो बजार’–२०८२ सुरु भएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले आयोजना गरेको बजारको एक कार्यक्रमकाबीच नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले उद्घाटन गरे ।
सो अवसरमा बोल्दै अध्यक्ष शर्माले नेपाली गुणस्तरीय उत्पादन सुपथ मूल्यमा पाइन्छ भन्ने सन्देश दिन यस्ता बजारले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले सामान किन्न सीमापारी जाने प्रवृत्तिलाई निरुत्साहित गर्न यस्ता बजारलाई निरन्तरता दिनुपर्ने उल्लेख गरे । अध्यक्ष शर्माले बजारले नेपाली उपभोक्तालाई स्वदेशी बजारमा सामान किन्न उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
सिद्धार्थनगर नगरपालिका–१२ स्थित संघको परिसरमा सञ्चालन गरिएको बजार असोज १२ बजेसम्म सञ्चालन गरिने संस्थाका अध्यक्ष नेत्र प्रसाद आचार्यले बताए । पाँचदिने बजारमा दैनिक उपभोग्य खाद्यान्न, भाडा, जुत्ता–चप्पल, घरेलु उत्पादन लगायतका १४ वटा स्टल रहने उनले बताए । भैरहवा क्षेत्रका उपभोक्ता तथा अवलोकनकर्ताहरुको उल्लेखनीय उपस्थिति रहने अपेक्षा र ५० देखि ६० लाख रुपैयाँसम्मको कारोबार हुने अनुमान गरिएको उनले बताए । बजार बिहान ११ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन हुनेछ ।
आम उपभोक्तालाई सस्तो, सुलभ र गुणस्तरीय वस्तु तथा सेवाहरु एकै थलोबाट उपलब्ध गराउने, स्वदेशी तथा स्थानीय उत्पादनको उपभोग प्रवद्र्धन गर्ने, उचित मूल्यबारे उपभोक्ता सचेतना बढाउने, उपभोक्तालाई सस्तो सामान उपलब्ध गराउनका लागि निःशुल्क स्टल उपलब्ध गराउने र दशैं, तिहार, छठपर्व लगायतका महान पर्वहरुमा स्थानीय बजारलाई सक्रिय बनाउने बजारको मुख्य उद्देश्य रहेको छ । ‘उपभोक्ताको सहजता र सुरक्षाका लागि बजार क्षेत्रमा सिसिटिभी जडान, शुद्ध खानेपानी लगायतका सुविधा उपलब्ध गराइने आयोजकले जनाएको छ ।
अध्यक्ष आचार्यका अनुसार संघले भैरहवामा पहिलोपटक वि.सं. २०५८ सालमा दशैं र तिहार बजार, दोस्रोपटक २०५९ सालमा, तेस्रोपटक २०७९ सालमा र चौथोपटक २०८० सालमा दशैं बजार सफलतापूर्वक सम्पन्न गरिसकेको छ । यो परम्परालाई निरन्तरता दिदै यस वर्ष पनि संघ परिसरमा बजार आयोजना गरिएको उनले बताए ।
संघका निवर्तमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठले दशैं सस्तो बजारमा सामान खरिद गर्दा बाहिर बजार भन्दा केही प्रतिशत छुट प्रदान गरिने बताए ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका