क्रिमसन कलेज अफ टेक्नोलोजी (सिसिटी कलेज) ब्याचलर अफ साइन्स इन नर्सिङ्ग समुहको आयोजनामा तीज महोत्सव कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नर्सिङ्ग समुहका बिद्यार्थीहरुबीच तीज गीत प्रतियोगिता समेत आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा बिएससी नर्सिङ्ग दोश्रो बर्षका विद्यार्थी बिजयी तथा पहिलो बर्षका बिद्यार्थी उपविजयी भएका थिए ।
नर्सिङ्ग पेशासँग सम्बन्धित बिषयवस्तुसहितको प्रस्तुति रहेको प्रतियोगिताका बिजयी तथा उपबिजयी छात्राहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । सो अवसरमा बोल्दै कलेजका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले नयाँ पुस्तालाई मौलिक चाडपर्वहरुको संरक्षणका लागि यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
कलेजका प्राचार्य देवीप्रसाद भण्डारीले पोखरा विश्वविद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत तीज गीत प्रतियोगिता आयोजना गरिएको उल्लेख गर्नुभयो । उहाँले गुणस्तरीय शिक्षा प्रदान गरिएको कारणले नर्सिङ्ग बिषयमा कलेजले थप कोटा प्राप्त गर्न सकेकोमा खुशी ब्यक्त गर्नुभयो ।
प्रतियोगितामा क्रिमसन अस्पताल नर्सिङ्ग इन्चार्ज सरिता अर्याल र सिसिटी कलेजकी पवित्रा ढकालले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।
कार्यक्रममा नर्सिङ्ग पहिलो बर्षमा पोखरा विश्वविद्यालय टप गर्ने सिसिटी कलेजकी छात्रा विनिता पौडेललाई पनि सम्मान गरिएको थियो ।
सो अवसरमा कलेजका संचालकहरु कृष्णप्रसाद अर्याल, संचालक तथा क्रिमसन अस्पताल निर्देशक डा.शेखरप्रसाद पोखरेललगायतको पनि उपस्थिति थियो ।
नर्सिङ्ग विद्यार्थीबीच तीज गीत प्रतियोगिता

गौतमबुद्ध सन्देश








