रुपन्देहीमा एक महिनामा दुई करोड बढीको सामग्री बरामद

गौतमबुद्ध सन्देश

बुटवल । रुपन्देहीमा प्रहरीले एक महिनामा दुई करोड रुपैयाँभन्दा बढी मूल्यका सामग्री बरामद गरेको छ । गएको साउनमा दुई करोड १७ लाख ८७ हजार ३५९ रुपैयाँबराबरको भन्सार छलीका विभिन्न सामग्री बरामद गरिएको रुपन्देही प्रहरीले जनाएको छ । ती सामग्री भैरहवा भन्सार, पशु क्वारेन्टाइन र राजस्व अनुसन्धान कार्यालयमा कारबाहीका निम्ति पठाइएको छ । बरामद सामानमा किराना सामग्री १३ लाख रुपैयाँबराबरका छन् ।
८८ लाखको कपडा, २८ लाखको चल्ला तथा कुखुरासहित विभिन्न सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी सुरज कार्कीले जानकारी दिए ।
त्यस्तो कार्यमा संलग्न २२ जनालाई नियन्त्रणमा लिइएको छ । ५६ मोटरसाइकल, एउटा ट्रक, दुई अटो पनि नियन्त्रणमा लिइएको उनले बताए । यस्तै, रुपन्देही प्रहरीले उक्त अवधिमा ६१ फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतबाट दोषी ठहर भएर कैद, जरिवाना वा दुवै सजाए तोकिएका र भुक्तान नगरी फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका