तिलोत्तमा नगरपालिका कार्यसम्पादनमा देशकै दोस्रो, लुम्बिनीमा पहिलो

गौतमबुद्ध सन्देश

बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा)को आर्थिक वर्ष २०८०÷०८१ को नतिजामा देशकै दोस्रो तथा लुम्बिनी प्रदेशको पहिलो स्थानीय तहका रूपमा छनोट भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार प्रकाशित सूचनामा तिलोत्तमा नगरपालिकाले कार्यसम्पादन नतिजामा देशकै दोस्रो तथा लुम्बिनी प्रदेशको पहिलो स्थानीय तहका रूपमा छनोट भएको उल्लेख छ । तिलोत्तमाले अघिल्लो आर्थिक वर्ष पनि दोस्रो स्थानमा थियो ।तिलोत्तमासँगै गुल्मीको रुरुक्षेत्र गाउँपालिका छैटौँ स्थानमा छनोट भएको छ । त्यस्तै, चितवनको खैरहनी नगरपालिका प्रथम भएको छ । अघिल्लो आर्थिक वर्षमा प्रथम भएको धादिङको नीलकण्ठ नगरपालिका यसपटक तेस्रो भएको छ । त्यस्तै, स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका चौथो र धादिङकै बेनीघाट रोराङ गाउँपालिका पाँचौँ स्थानमा छनोट भएको छ ।छनोट भएका पालिकाहरूलाई आगामी शुक्रबार (भदौ ६ गते) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्मान गर्ने कार्यक्रम छ ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

सर्वाधिक पढिएका