खुशियाली सहकारीका सदस्यले क्रिमसनमा छुट पाउने

भैरहवा ।
क्रिमसन अस्पताल र खुशीयाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १४ टिकुलीगढस्थित खुशियाली सहकारीका सदस्यहरुको क्रिमसन अस्पतालमा हुने उपचार सेवामा दश प्रतिशत छुट दिने सम्झौता भएको हो । खुशियाली सहकारी संस्थाका अध्यक्ष डो प्रसाद गुरुङ्ग र अस्पतालका निर्देशक डा. शेखर प्रसाद पोखरेलले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।
खुशियाली सहकारीका करिब ३०० सदस्यले अबदेखि क्रिमसन अस्पतालको टिकट, फार्मेसी र अक्सिजनबाहेकका सेवामा यस्तो सहुलियत पाउनेछन् ।
क्रिमसन अस्पतालमा सामान्य चिकित्सादेखि बिशेषज्ञ सेवा समेत उपलब्ध छन् । अस्पतालमा ग्यास्ट्रोलोजी, हाडजोर्नी तथा नशा रोग, जनरल तथा ल्याप्रोस्कोपिक सर्जन, युरो सर्जरी, नाक, कान घाँटी रोग, मुटुरोग, छाला तथा यौन रोग, स्त्री तथा प्रसुति रोग, बाल रोग, नशा तथा मनोरोग, मृगौला रोग, दन्तरोगलगायतका बिशेषज्ञ कार्यरत रहेका छन् ।
क्याथ ल्याब, आइसियु, सिसियु, डायलासिस, सिटिस्क्यान, प्रसुति, इसिजि, एक्सरेलगायतका सेवाहरु अस्पतालले उपलब्ध गराउँदै आएको छ ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका