भैरहवा । जेसीआई सिद्धार्थ लेडिले विभिन्न कार्यक्रम गरी जेसीस सप्ताह–२०२५ को समापन गरेको छ । २९ औं स्थापना दिवसको अवसरमा आयोजीत जेसीज सप्ताहको एक कार्यक्रमका बिच समापन गरेको हो । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेले सामाजिक काममा युवाहरुको सक्रियता बढेको बताउँदै प्रदेश सरकार सहकार्यको लागी तयार रहेको बताए । उनले जेसीआई सिद्धार्थ लेडिले भैरहवा क्षेत्रमा सामाजिक क्रियाकलापमा सक्रिय रहेको बताए ।
समापन कार्यक्रमपूर्व बहुशाखा मानसिक स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम गरेको थियो । कार्यक्रममा १६ वटा शाखाको उपस्थिती रहेको जेसीआई सिद्धार्थ लेडिकी अध्यक्ष अम्बिका घिमिरेले जानकारी दिइन् । कार्यक्रममा नसा तथा मनोचिकित्सक डा. श्रेया पौड्यालले सहभागीहरुलाई मानसिक स्वास्थ्य सम्बन्धी प्रस्तुती दिएकी थिइन् । कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेश सरकारका प्रदेश सभा सदस्य हेमा बेल्वासे के.सी.ले जेसीआई सिद्धार्थ लेडिले गरेको कामहरुको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरुले समाज परिवर्तनका लागी प्रभाव पार्ने गरेको बताइन् । उनले विश्वमै मानसिक स्वास्थ्य एक समस्याको रुपमा रहेकोले सचेतना सम्बन्धी कार्यक्रमहरुले केही भएपनि समाधानको काम गर्ने बताइन् ।
जेसीज सप्ताह अन्र्तगत मानव बेचविखन नियन्त्रण सम्बन्धी अन्तरक्रिया, मेन्टर मेन्टी कार्यक्रम, बृक्षारोपण कार्यक्रम, रक्तदान कार्यक्रम, बहिरा माध्यमिक विद्यालयमा खिर खुवाउने एवं मेहेन्दी कार्यक्रम , बहुशाखा मानसिक स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम गरेको सप्ताह निर्देशक सिता भण्डारीले जानकारी दिइन् ।
जेसीआई सिद्धार्थ लेडिले साउन १२ गते स्थापना दिवसको अवसरमा भैरहवाको बसडिलवा स्थित शिवालय मन्दिरमा प्रसाद वितरण गरेर जेसीज सप्ताहको उद्घाटन गरेको थियो । त्यस्तै स्थापना दिवसको अवसरमा आयोजीत कार्यक्रममा २०८१ सालको एसईई परिक्षामा उत्तीर्ण जेसिज सदस्यहरुको ६ जना छोराछोरीहरुलाई सम्मान तथा दिर्घकालिन लक्ष्य अन्र्तगत भैरहवा नमुना मा.वि.मा कक्षा ११ मा अध्ययनरत सनम सुनारलाई कक्षा ११ मा पढ्न लाग्ने खर्च वराबरको रकम प्रदान गरेको अध्यक्ष अम्बिका घिमिरेले जानकारी दिइन् ।
कार्यक्रममा जेसीज सदस्यहरु, पुर्व अध्यक्षहरु, सल्लाहकार तथा विभिन्न समाजिक व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
जेसीज सप्ताह समापन

गौतमबुद्ध सन्देश








