सिद्धार्थनगरमा ‘लु’ सम्बन्धी समिक्षा तथा छलफल कार्यक्रम सम्पन्न

गौतमबुद्ध सन्देश

भैरहवा, साउन १३ ।
तातो हावाको लहर ‘लु’ सम्बन्धी हालसम्म भएका कार्यहरूको समिक्षा तथा आगामी रणनीति तय गर्ने उद्देश्यले सिद्धार्थनगर नगरपालिकामा वैठक सम्पन्न भएको छ।

सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खानको अध्यक्षतामा बसेको समिक्षा तथा छलफल बैठक नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देही र नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

बैठकमा ‘लु’को असर न्यूनीकरणका लागि नगरपालिकाले गरेका कामहरुको समिक्षा गरिएको थियो भने आगामी दिनमा कार्यक्रमलाई अझ प्रभावकारी, समावेशी र सामुदायिक सहभागितामा आधारित बनाउने विषयमा पनि गम्भीर छलफल गरिएको थियो।

कार्यक्रममा सहभागी सरोकारवालाहरुले उच्च तापक्रमका कारण विशेषगरी वृद्ध, बालबालिका, गरिब तथा सडकमै काम गर्ने श्रमिकहरु बढी प्रभावित हुने भएकाले तिनको सुरक्षाका लागि सचेतनामूलक कार्यक्रम, पानीको व्यवस्था, विश्रामस्थल निर्माण लगायतका गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिए।

बैठकमा नगरका वडाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्य शाखाका प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटीका पदाधिकारी तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थिति थियो । नगर प्रमुख खानले अत्यधिक गर्मीको लहर ‘लु’ जनस्वास्थ्यका लागि चिन्ताको विषय भएकाले सबै पक्ष मिलेर साझा कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका