भैरहवा ।
नेवाः खलः सिद्धार्थनगरले मायादेवी गाउँपालिका–८, मलकोलवा स्थित जन चेतना माध्यमिक विद्यालय परिसरमा वृक्षारोपण गर्ने भएको छ ।
कार्यक्रम यही श्रावण १५ गते विहिबार बिहान ८ बजे हुने जानकारी आयोजकले दिएको छ ।
वातावरण संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको अध्यक्ष ई. चन्द्रभक्त श्रेष्ठले जानकारी दिए । वृक्षारोपण कार्यक्रमले हरित वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास लिइएको उनले बताए ।
कार्यक्रममा स्थानियवासी, विद्यालय परिवार, समाजसेवी तथा नेवाः समुदायको उपस्थित रहने कार्यक्रम संयोजक कल्पना प्रधानले जानकारी दिइन् ।
नेवाः खलः सिद्धार्थनगरले वृक्षारोपण गर्दै

गौतमबुद्ध सन्देश








