मानव बेचबिखन नियन्त्रण सम्बन्धी अन्तरक्रिया

गौतमबुद्ध सन्देश

भैरहवा, १३ साउन ।
जेसीआई सिद्धार्थ लेडीले जेसीज सप्ताह–२०२५ को अवसरमा मानव बेचबिखन नियन्त्रणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार भैरहवास्थित साई ग्लोबल एकेडेमीमा आयोजित कार्यक्रममा माइती नेपाल रुपन्देहीकी कार्यालय प्रमुख माया क्षेत्रीले मानव बेचबिखनको अवस्था, नियन्त्रणका उपाय तथा कानुनी पक्षहरूबारे प्रस्तुति दिएकी थिइन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा ग्लोबल एकेडेमीका प्राचार्य लक्ष्मण ज्ञवालीले मानव बेचबिखन नियन्त्रणका लागी सबै एकजुट हुनुपर्ने बताए ।
जेसीआई सिद्धार्थ लेडीकी अध्यक्ष अम्बिका घिमिरेले मानव बेचबिखनजस्तो संवेदनशील विषयमा नागरिक सचेतना अभिवृद्धि गर्न जेसीआई सिद्धार्थ लेडी निरन्तर क्रियाशील रहेको बताइन् ।
कार्यक्रम संयोजक कविता अधिकारीका स्वागत मन्तव्य तथा तथा अप्सरा पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । जेसीआई सिद्धार्थ लेडिले आफ्नो २९ औं स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमसहित जेसीज सप्ताह मनाउँदैछ ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका