सन्तोष पाण्डेय लुम्बिनीको खेलकुद मन्त्री नियुक्त

गौतमबुद्ध सन्देश

भैरहवा– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय लुम्बिनी प्रदेश सरकारको मन्त्रीमा नियुक्त भएका छन् । आइतबार उनलाई मुख्यमन्त्री चेतनारायण आचार्यले युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्याालयले पाण्डेयलाई मन्त्री नियुक्त गरेको जानकारी आजै इमेलमार्फत प्रदेश प्रमुखको कार्यालयलाई गराइसकेको छ ।

तीन सांसद रहेको लोसपामा उनी संसदीय दलका नेता थिए । ११ सदस्यीय मन्त्रिमण्डल रहेकोमा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री चेतनारायण आचार्यले नै सम्हाल्दै आएका थिए । उनको शपथग्रहण भोलि सोमबार दिउँसो ३ बजे हुने छ ।
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका