भैरहवा । सामाजिक क्षेत्रमा क्रियासिल नेवा खल सिद्धार्थनगरले साउन १० गते (भोलि) रक्तदान कार्यक्रमको आयोजना गरेको छ । “रक्तदानः एक सानो कदम, तर एक ठूलो फरक।” भन्ने नाराका साथ कार्यक्रमको आयोजना गरिएको हो । भैरहवास्थित अन्नपुर्ण हेरिटेज रेस्टुरेन्ट एण्ड बेङ्कविटमा हुने कार्यक्रम बिहान ९ बजे देखी सुरु हुनेछ ।
ल्याम पुचः सिद्धार्थनगरको संयोजन, नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा केन्द्र, भैरहवाको प्राविधिक सहयोग रहेको नेवा खलः सिद्धार्थनगरका अध्यक्ष चन्द्रभक्त श्रेष्ठले जानकारी दिए । रक्तदान गरि सामाजिक सेवामा सबैलाइ सहभागी हुन आयोजकले आग्रह गरेको छ ।









