गर्मीका कारण सिद्धार्थनगरमा ३ दिन विद्यालय बन्द

प्रतिकुल मौसमका कारण अत्यन्तै गर्मी बढेकोले विद्यार्थी र जनजीवनमा समेत नकारात्मक असर परेकोले विदा दिइएको नगरप्रमुख इस्तियाक अहमद खाँले बताए ।
गौतमबुद्ध सन्देश

भैरहवा ।
भैरहवा, साउन ९ । गर्मी अत्यधिक बढेपछि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले तीन दिन विद्यालय बिदा गर्न निर्देशन दिएको छ ।
अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्य र पठनपाठनमा प्रतिकुल असर पर्न सक्ने भन्दै नगरपालिकाले गर्मी विदा दिएको हो ।
प्रचलित शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ संसोधन सहितमा व्यवस्था भए अनुसार वर्षे/गर्मी विदा वा हिउँदे विदाबाट कट्टी हुनेगरी साउन ११ गतेदेखि १३ गतेसम्म ३ दिनका लागि सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरुलाई विदा दिने नगरपालिकोले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रतिकुल मौसमका कारण अत्यन्तै गर्मी बढेकोले विद्यार्थी र जनजीवनमा समेत नकारात्मक असर परेकोले विदा दिइएको नगरप्रमुख इस्तियाक अहमद खाँले बताए ।
सञ्चालन भैरहेको कुनैपनि कक्षाको परीक्षा र अन्य राष्ट्रिय स्तरका परीक्षाहरु सञ्चालन गर्न कुनै बाधा नपर्ने सूचनामा उल्लेख छ ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका