भैरहवा ।
लुम्बिनी विश्वशान्ति मञ्चको आयोजनामा सोमबार भैरहवामा बृक्षरोपण गरिएको छ ।
वसडिलवा स्थित शिवालय मन्दिरमा विभिन्न प्रकारका १०८ वटा विरुवा रोपीएको संस्थाका संस्थापक बासु गौतमले जानकारी दिए । लुम्बिनी विश्व शान्ति मञ्चको १० लाख वृक्षरोपण तथा संरक्षण अभियान अन्र्तगत वृक्षरोपण कार्यक्रम गरिएको गौतमले जानकारी दिए ।
वृक्षरोपण कार्यक्रममा रुपन्देही नागरिक समाजका अध्यक्ष अमित गुप्ताको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा शिवालय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पशुपती न्यौपानेको अध्यक्षता तथा स्थानीयको सहभागीतामा कार्यक्रम सम्पन्न भएको थियो ।
अभियानलाई लुम्बिनी–कपिलवस्तु विश्व अभियानको सहयोग रहेको उनले बताए । संस्थाले यो वर्ष देशका विभिन्न विकट जिल्लाहरुमा १० हजार विरुवा रोप्ने कार्यक्रम राखेको उनले बताए ।









