अवैध सामानसहित मानिस र सवारी साधन नियन्त्रणमा

गौतमबुद्ध सन्देश

भैरहवा– जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले बिभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा अबैध रुपमा भन्सार छली चोरी पैठारी गरेको लाखौं मूल्यको सामान बरामद गरेको छ । जिल्ला प्रहरी, रुपन्देहीका सूचना अधिकृत सुरज कार्कीका अनुसार विभिन्न स्थानबाट ११ लाख १२९ रुपैयाँ बराबरको सामानहरु बरामद गरिएको हो ।

नियन्त्रणमा लिइएका सामानहरु आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय तथा पशु क्वारेन्टाईन कार्यालय, बेलहिया बुझाइएको छ । डीएसपी कार्कीका अनुसार जिल्ला प्रहरीबाट खटिएको टोलीले रोहिणी गाउँपालिका वडा नं. ४ पनेनीबाट लु ८ प ८१४३ र युपी ५६ डी २४७० नम्बरको मोटरसाइकल, ३० वटा बोइलर कुखुरा, टपिस पिन ४६ किलो, एसएचआर कोल्ड लेखेको ड्राइबेटर सेट १७ प्याकेट, डिल मेसिनको गियरमा लाग्ने सामानहरु ४६ किलो बरामद तथा नियन्त्रणमा लिएको छ । उक्त सामानको र मोटरसाइकलको मूल्य २ लाख ४१ हजार २५० बराबर रहेको प्रहरीले जनाएको छ ।
यस्तै, वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर–८, अंचलपुर र ओमसतिया–१ बाट ना १ ह ७५३९ नं. ई–रिक्सा, १६० पिस चार्जर हेड, किराना सामानहरु गरी २ लाख ६० हजार १८९ बरावरको सामान बरामद गरेका छ । यस्तै, ई–रिक्सा चालक दाङ राजापुर–५ बस्ने वर्ष २८ का सखिफ साईलाई समेत नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय, बेलहियाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर–१, बाइपासबाट लेडिज सुट २० थान, भित्री बस्त्र कपडा १६८ पिस र प्लास्टिक स्ट्यान्ड १८० थान गरि ९० हजार बराबरको सामान बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरी टोलीले मायादेवी–६, गुरबनियाबाट लु ६१ प ९१६९, लु ३१ प ५५५९, लु ४२ प ५८६० र लु २३ प ८८१९ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको बेवारिसे अवस्थामा राखेको चिनी ६ बोरा, सुकेको खुर्सानी ७ बोरा, धनिया ५ बोरा, जिमा मल ४ बाल्टी र मोटरसाइकलसहित २ लाख ६८ हजार बराबरको सामान बरामद गरेको डीएसपी कार्कीले जनाए ।

प्रहरी चौकी पिप्रहवाबाट खटिएको टोलीले रोहिणी–५, तरकुल्ला स्थितबाट बोइलर कुखुरा १५ गोटा १६ हजार बराबरको बरामद बरामद गरेको छ । यसैगरी प्रहरी चौकी, मेउडिहवाबाट खटिएको टोलीले सिद्धार्थनगर–२, झण्डिबजारबाट प्याज ४५० केजी करिब २७ हजार बराबरको नियन्त्रणमा लिएको छ ।

यता प्रहरी चौकी कालिदहबाट खटिएको टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १ र १३ कालिदहबाट युपी ५५ एएफ ५५८९ नम्बरको मोटरसाइकल, ४ वटा पाडा र १ वटा पाडी, डिएपि–युरिया मल ८ बोरा, किराना तथा खुद्रा सामान गरी मोटरसाइकलसहित १ लाख ९७ हजार ६९० रुपैयाँ बराबरको सामान बरामद तथा पाडाहरु नियन्त्रणमा लिएको छ ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका