शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक पारित नभए आन्दोलन गर्ने चेतावनी

गौतमबुद्ध सन्देश

काठमाडौं ।

सरकारसँग भएको सहमति अनुसार विद्यालय शिक्षा ऐन जारी नभएपछि शिक्षक महासंघले पुनः आन्दोलनको चेतावनी दिएको छ। महासंघले विगतका सहमति समावेश गरी शिक्षा विधेयक छिटो संसदमा पेस गरी पारित गर्न माग गरेको छ।

महासंघले संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भइरहेको छलफल छिटो समाप्त गरी विधेयक प्रतिनिधि सभामा पेश गर्न ध्यानाकर्षण गराएको छ। नभए संवाद र छलफल छोडेर आन्दोलनमा जाने चेतावनी दिएको छ।

यसअघि महासंघले २० चैतदेखि २९ दिनसम्म सडक आन्दोलन गरेको थियो र वैशाख १७ गते असार १५ भित्र विधेयक पारित गर्ने सहमति भएको थियो। तर, समयसीमा भित्र ऐन जारी नभएपछि निराशा पोख्दै पुनः आन्दोलनको तयारी गरेको हो।

महासंघले अस्थायी शिक्षकको स्थायीत्व, बढुवा, विभागीय कारबाही, ट्रेड युनियन अधिकार, शिक्षक सरुवा, कर्मचारी व्यवस्थापन लगायतका विषयमा सरकार गम्भीर नभएको बताएको छ। महासंघले यसबाट उत्पन्न हुने समस्या र परिणामका लागि राज्यपक्ष जिम्मेवार हुने स्पष्ट पारेको छ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका