अर्घाखाँचीमा छोराले गरे बुवाको हत्या

गौतमबुद्ध सन्देश

बुटवल । अर्घाखाँचीमा सामान्य घर झगडामा छोराले बुवाको हत्या गरेर नजिकैको मलखातामा पुरेको भेटिएको छ । सन्धिखर्क नगरपालिकाको वडा नं १२ डिभर्ना बार्सखर्क गाउँका ७२ वर्षीय जंगबहादुर नेपालीलाई ४० वर्षीय झुपे नेपालीले दाउराले टाउको हानेर हत्या गरेर नजिकैको मलखातामा पुरेका हुन् ।

मदिराले मात्तिएका झुपे दुई महिनाअघि पनि अभद्र व्यवहारमा प्रहरीको पक्राउमा परेका थिए । अहिले कुटपिट गर्ने झुपे नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको मल्लको भनाई छ ।छिमेकीसमेत रहेकी वडा सदस्य मिना श्रेष्ठका अनुसार जंगबहादुरले कान्छी श्रीमती बिहे गरेर ल्याउने बेलामै झुपे जन्मिसकेको र बासखर्कमा आएर हुर्केका हुन् ।

उनले दिनभरजसो मदिरा खाएर हल्ला गर्ने गर्दथे । बुधवार भने आमा नभएको समयमा बाबुलाई हत्या गरेर नजिकैको मलखातामा गाडेको अवस्थामा भेटिएको श्रेष्ठले बताइन् ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका