भैरहवा, असार २६ ।
गुरुपूर्णिमाको अवसरमा राष्ट्रिय परोपकार महासंघ रुपन्देहीले गुरु पुजन तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाले भैरहवाको दुर्गा मन्दिर परिसरमा एक कार्यक्रमका विच गुरु पुजन तथा मृगौला पिडीत भई विभिन्न अस्पतालमा डाइलासिस उपचार गराई रहेका अति विपन्न ३० परिवारलाई विभिन्न खाद्यान्न सामाग्री हस्तान्तर गरेको हो ।
संस्थाको बार्षिक कार्यक्रम अन्र्तगत कार्यक्रमको आयोजना गरिएको संस्थाका सिद्धार्थनगर सचिव लक्ष्मण पोख्रेलले बताए । संस्थाले आफ्नो वार्षिक क्यालेन्डर नै प्रकाशन गरेर वर्षभरि गरिने कार्यक्रमहरुको सूचि तयार गरि विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको उनले जानकारी दिए ।
गुरु पुजनको अवसरमा भजन कृतन सहित प्रसाद वितरण गरिएको संस्थाका सिद्धार्थनगर अध्यक्ष विष्णु पौडेलले बताए ।

राष्ट्रिय परोपकार महासंघ रुपन्देहीको आयोजना तथा सिद्धार्थनगर कमिटिको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा जिल्ला अध्यक्ष शान्ती अधिकारीको अध्यक्षता, केन्द्रिय सदस्य तुल्सीराम भण्डारीको प्रमुख आतिथ्यता तथा केन्द्रिय सल्लाहकार कृष्ण प्रसाद शर्मा तिवारी, दयाराम न्यौपाने, जिल्ला सल्लाहकार हरि प्रसाद अधिकारी लगायत विभिन्न धार्मीक तथा सामाजिक व्यतित्व र संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा निर्मला ढुंगानाको स्वागत मन्तब्य तथा जिल्ला सचिव कृष्ण प्रसाद काफ्लेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कास्की जिल्लामा केन्द्रिय कार्यालय रहेको संस्थाले देशका धेरै जसो स्थानहरुमा आफ्नो शाखा सञ्चालन गरि विभिन्न खाले सेवामुलक कार्यहरु गर्दै आईरहेको छ । रुपन्देहीको बुटवल नगरपालिका वडा नं. १५ सेमलारमा परोपकार कुञ्जधाम निर्माणको तयारी गरेको जसमा गुरुकुल, गौशाला, आश्रम गृह, लगाएत पुर्णरुपमा एक धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विस्तार गरिने योजना रहेको संस्थाले जनाएको छ ।









