खेलकुद सामग्री हस्तान्तरण

खेलाडी र युवाहरुलाई लागूऔषध दुव्र्यसनबाट बचाउन खेलकुद महत्वपूर्ण
गौतमबुद्ध सन्देश

भैरहवा, २२ असार । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ कार्यालयले लुम्बिनी क्योकुशिन कराते–डो संघलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक बजेट अन्तर्गत संघलाई आइतबार उक्त सामग्री वितरण गरिएको हो । खेलाडीको न्यूनतम आवश्यकता पूर्ति गर्ने उद्देश्यले किकप्याड, बक्सिङ ग्लोब, पञ्चिङ प्याड लगायत कराते खेलमा प्रयोग हुने सामग्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
खेलकुद सामग्री वितरण कार्यक्रममा बोल्दै वडाध्यक्ष शेषकान्त भण्डारीले सामग्री वितरण कार्यक्रम वार्षिक कार्ययोजनामा रहे पनि कुन सामग्री वितरण गर्दा कति महत्व हुन्छ भन्ने कुरा बुझ्न जरुरी हन्छ भन्दै यी सामग्री र खेलप्रति खेलाडीहरुको रुची बढ्ने विश्वास व्यक्त गरे। खेलाडी र युवाहरुलाई लागूऔषध दुव्र्यसनबाट बचाउन खेलकुद महत्वपूर्ण रहेको वडाअध्यक्ष भण्डारीको भनाइ थियो । खेलमार्फत युवाहरुलाई कुलतबाट जोगाउन सकिने र खेलाडीमार्फत देशलाई विश्वभर चिनाउन सकिने कुरालाई मध्यनजर गर्दै खेलाडीलाई खेलकुद सामग्री वितरण गरिएको वडा सचिव अब्दुल रसिद पठानले बताए।
लुम्बिनी क्योकुशिन कराते–डो संघका अध्यक्ष तथा करातेका मुख्य प्रशिक्षक करुणा निधि त्रिपाठीको अध्यक्षता तथा वडाअध्यक्ष शेषकान्त भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा सदस्यहरु, संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन संघका सचिव कृष्ण वर्नवालले गरेका थिए ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका