रोहिणीले दियो एसईई उत्तीर्ण विद्यार्थीहरुलाई साईकल

गौतमबुद्ध सन्देश

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सामूदायिक र धार्मिक विद्यालयबाट उत्तीर्ण विद्यार्थीहरुलाई साईकल वितरण गरेको छ । २०८१ सालको एसईई परीक्षामा रोहिणीभित्र रहेका सामूदायिकबाट १२६ तथा धार्मिक विद्यालयबाट ३ गरी १२९ जना विद्यार्थीहरु उत्तीर्ण भएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । विद्यार्थीहरुलाई हौसला प्रदान गर्न र अध्ययनतर्फ थप प्रेरित गर्ने उद्देश्यले साईकल वितरण गरिएको अध्यक्ष यादवले बताए । अघिल्लो वर्षहरु भन्दा यस वर्ष सामूदायिक विद्यालयको नतिजामा सुधार आएको उनले जानकारी दिए ।
कार्यक्रममा बोल्दै गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ती हरिजनले गाउँपालिका विद्यार्थीहरुको साथमा रहेको बताइन् । शिक्षा शाखा प्रमुख रामनेवास प्रसाद चौधरीले शिक्षा क्षेत्रलाई अगाडि बढाउन गाउँपालिका लागिपरेको बताए। श्री छिपागढ माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्र कुमार यादवले गाउँपालिकाले गरेको साईकल वितरण कार्यक्रमले विद्यार्थीहरुलाई प्रोत्साहन मिल्ने बताए । गाउँपालिकाका शाखा अधिकृत कर्ण कुमार क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका