अर्घाखाँचीमा दुई युवतीले गरे समलिंगी विवाह

गौतमबुद्ध सन्देश

अर्घाखाँची।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका निवासी फूलमाया (नाम परिवर्तन) र कपिलवस्तुको कपिलवस्तु नगरपालिका निवासी निरमायाले २०८२ जेठ १८ गते विवाह गरेका छन्। विवाहपछि उनीहरूले अर्घाखाँचीको एक वडा कार्यालयमा ‘समलिंगी विवाह दर्ता’ गराएका छन्।

वडासचिवका अनुसार, २३ वर्षीया फूलमाया र २० वर्षीया निरमाया आवश्यक कागजातसहित विवाह दर्ताका लागि कार्यालय पुगेका थिए। प्रारम्भमा केही अन्यौल भएको भए पनि सम्बन्धित स्थानमा सोधपुछपछि दर्ता प्रक्रिया सम्पन्न गरिएको छ।

विवाह दर्तामा फूलमायालाई ‘दुलहा’ र निरमायालाई ‘दुलही’ उल्लेख गरिएको छ। उनीहरू पछिल्लो डेढ वर्षदेखि प्रेम सम्बन्धमा थिए।

नेपालमा समलिंगी विवाहलाई मान्यता दिन थालिएको यो क्रममा यस्ता घटनाहरू बढ्दै गइरहेका छन्। यसले लैंगिक विविधता र समानतामाथि समाजमा सकारात्मक संकेत देखाएको बताइएको छ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका