भैरहवा, १६ असार । निर्वाचन आयोगले रुपन्देही क्षेत्र नम्बर ३ मा कार्तिक १७ गते उपनिर्वाचनको मिति तोकेको छ । आयोगको सोमबार बसेको बैठकले २०८२ कार्तिक १७ गते सोमबार गर्ने गरी निर्णय भएको आयोगकी सह–सचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।
रुपन्देही–३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दीपक बोहराको २०८१ चैत १९ गते निधन भएपछि यो क्षेत्रमा सांसद पद् रिक्त भएको थियो । प्रतिनिधि सभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी रहदै प्रतिनिधि सभाको कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो, सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने संवैधानिक एवं कानूनी व्यवस्था छ । सोही व्यवस्था अनुसार उपनिर्वाचन हुने लागेको हो ।










