पर्यटक भुलाउँदै रुपन्देहीका कृषक

जति धार्मिक पर्यटनमा पूर्ण छ, त्यति नै कृषि पर्यटनमा पनि अब्बल छ, रुपन्देही । कृषिको यहाँ अधिक सम्भावना छ र त लगानी थपिँदो छ । गाई–भैँसी, बाख्रा, कुखुरा पालन जिल्लामा अधिक छ । मत्स्य पालनमा जिल्लाको छपिया मुलुककै नमूना मध्यको एक हो । दूध र मासुमा रुपन्देही आत्मनिर्भर छ । अन्न उब्जाउमा पनि आत्मनिर्भरउन्मुख छ ।
प्रकाश न्यौपाने

जति धार्मिक पर्यटनमा पूर्ण छ, त्यति नै कृषि पर्यटनमा पनि अब्बल छ, रुपन्देही । कृषिको यहाँ अधिक सम्भावना छ र त लगानी थपिँदो छ । गाई–भैँसी, बाख्रा, कुखुरा पालन जिल्लामा अधिक छ । मत्स्य पालनमा जिल्लाको छपिया मुलुककै नमूना मध्यको एक हो । दूध र मासुमा रुपन्देही आत्मनिर्भर छ । अन्न उब्जाउमा पनि आत्मनिर्भरउन्मुख छ । भलै केही वर्ष पहिले यहाँको उत्पादन भारत निकासी हुन्थ्यो, त्यो अहिले रोकिएको ३–४ दशक भइसक्यो । कृषि पर्यटन फस्टाउँदो छ ।
यहाँ गरिएको उत्पादनले जनजीविका धानिएको मात्रै छैन । बाहिरी जिल्ला निकासी भएको छ । माछा, कुखुरा, खसीबोका, अष्ट्रिचको मासु छिमेकी जिल्लासहित काठमाडौंसम्म पुग्छ । रुपन्देहीको कृषिले एउटा अर्को आकर्षण थपेको छ– कृषि पर्यटन । जिल्लाका कृषि फर्महरुले पर्यटकलाई तान्ने गरेका छन्, बसाइँ अवधि थमाउँदै गएका छन् ।
यहाँ तेस्रो मुलुकका पर्यटक पनि अधिक आउँछन् । रुपन्देही व्यवसायिक कृषि गर्नेहरुका लागि यो अध्ययन केन्द्र समेत हो । नेपाल, भारतसहित म्यनमार, श्रीलंका, थाइल्याण्ड, चीन, ताइवान, सिंगापुरलगातय मुलुकका पर्यटक पनि यहाँ बढी मात्रामा आउने गर्छन् ।
छपियामा दैनिक सयौंको संख्यामा माछापोखरी अवलोकन गर्न पर्यटक पुग्छन् । छपियालाई माछैमाछाको क्षेत्र भनेर पनि चिनिन्छ । यो जिल्लाको मात्रै नभएर मुलुककै नमूना मत्स्य पालन केन्द्र हो । यहाँ मत्स्यपालनमा रुचि भएकादेखि घुमन्ते र माछाका स्वाद लिने आन्तरिक तथा बाह्य पर्यटक आकर्षित छन् ।
माछाको स्वाद चखाउन यस क्षेत्रमा रेष्टुरेन्टहरु खुलेका छन् । भारत तथा तेस्रो मुलुकका पर्यटक थोरै मात्रामा भए पनि यहाँ पुग्ने गरेका छन् । शान्त वातावरण, बोटिङ, बल्छी खेल्न पाइने, खानापिनको राम्रो प्रबन्ध, थरीथरीका स्वाद, अग्र्यानिक परिकार, सहज सडकमार्गले पनि यस क्षेत्रमा पर्यटक लोभिने गरेका छन् । यहाँ एकपटक आएका पाहुना पटक–पटक आउँछन्, विदाको दिन थेग्नै मुस्किल पर्छ । मत्स्य पर्यटनमा आकर्षण बढ्दै गएको छ ।
पछिल्लो सयम रुपन्देहीमा व्यवसायिक कृषि खेती गर्ने बढेसँगै पर्यटक पनि आकर्षित भएका हुन् । विभिन्न विद्यालय, सहकारी, सरकारी कार्यालय, कृषक समूह, कृषि उद्यमी, युवादेखि पाकापुस्ता जिल्लाका कृषि फार्म अवलोकनमा आउँछन् । यसले कृषि अँगाल्नेलाई प्रोत्साहन मिलेको छ नै आन्तरिक पर्यटनको विकास हुँदै गएको छ । अवलोकनकर्ताले जिल्लामा रात बिताउने गरेका छन्, जसले यहाँ आन्तरिक पर्यटकको बसाई लम्बिएको छ । पर्यटक थमाउन कृषकका फार्म उद्धत छन् । यसले समग्र पर्यटन क्षेत्रमा टेवा पुगेको छ ।
कृषिबाट मनग्य आम्दानी हुने भएपछि बुढापाकादेखि युवापुस्ता कृषिमा लागेका हुन् । केही कृषि फार्महरुले पर्यटकबाट समेत आम्दानी गर्दै आएका छन् । कृषिमा अर्बौं लगानी भइसकेको छ । लगानीलाई व्यवस्थित गर्दै जाने, कृषिमा अनुदान बढाउने, तालिम, सडकमार्ग विस्तारमा विशेष ध्यान दिने, लगानीमैत्री वातावरण बनाउने हो भने कृषि उत्पादन मात्रै होइन, कृषि पर्यटनबाट पनि मनग्य आम्दानी गर्न सकिन्छ । रुपन्देही सुगम जिल्ला भएकाले यहाँ अधिक कृषि पर्यटनको सम्भावना छ । लुम्बिनीलाई मात्रै जोडेर कृषि पर्यटक भित्र्याउन सक्ने हो भने पनि धेरै फाइदा लिन सकिने जानकारहरु बताउँछन् ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका