रुपन्देहीको शुद्धोदन गाउँपालिकाको बजेट ७५ करोड

गाउँपालिकाले प्रस्तुत बजेट र नीति कार्यक्रममार्फत उपलब्ध श्रोतको उच्चतम उपयोग र समन्यायिक वितरण गरिने, जीवनस्तर सहज, सुरक्षित र गुणस्तरीय बनाइने, र दीगो आर्थिक विकासको जग मजबुत बनाइने विश्वास व्यक्त गरेको छ।
नगेन्द्र केसी

रुपन्देही । रुपन्देहीको शुद्धोदन गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ७५ करोड ३२ लाख ८० हजार ५ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। बजेट गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले गाउँसभाको १८औं अधिवेशनमा प्रस्तुत गरेकी थिइन् ।

बजेटमा चालु खर्चतर्फ ४२ करोड १७ लाख ११ हजार ७ सय ५५ रुपैयाँ अर्थात ५६ प्रतिशत र पूँजीगत खर्चतर्फ ३३ करोड १५ लाख ६८ हजार ७ सय ४५ रुपैयाँ अर्थात ४४ प्रतिशत विनियोजन गरिएको छ। चालुतर्फ सशर्त अनुदानको हिस्सा बढी भएकाले प्रतिशतमा केही तलमाथि देखिएको गाउँपालिकाले स्पष्ट पारेको छ।बजेटको स्रोततर्फ आन्तरिक आम्दानीबाट २ करोड २५ लाख ३९ हजार, चालु आवको नगद मौज्दातबाट १७ करोड ३१ लाख ५९ हजार, संघ तथा प्रदेश सरकारबाट राजस्व बाँडफाँडको रूपमा १३ करोड ३३ लाख ९२ हजार र विभिन्न अनुदान ९सशर्त, समानीकरण, विशेष० बाट ४२ करोड ४१ लाख ९० हजार ५ सय प्राप्त हुने अनुमान गरिएको छ।

गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित कर प्रणालीमा संरचनात्मक सुधार गरिने र कर प्रणालीलाई पारदर्शी, वैज्ञानिक र अनुमान योग्य बनाइ निजी क्षेत्रमैत्री वातावरण निर्माण गरिनेछ। कर छली र चुहावट नियन्त्रण गर्दै कर दर घटाइ दायरा विस्तार गर्ने, मानव स्वास्थ्य र वातावरणमा असर पार्ने वस्तुको प्रयोगलाई निरुत्साहित गर्ने, सूचना प्रविधिको प्रयोगमार्फत कर संकलन गर्ने, नदीजन्य पदार्थको ठेक्का व्यवस्थापन समयमै गरिने र गैरकर राजस्वका दर समसामयिक तथा लागत आधारित बनाइ थप राजस्व संकलनको प्रयास गरिनेछ। गाउँसभाको १८औं अधिवेशनबाट न्यायिक, विधायन र लेखा समितिका अर्धवार्षिक प्रतिवेदन प्रस्तुत, छलफल र पारित गरिएको छ। सामाजिक, आर्थिक, पूर्वाधार, वातावरण तथा सुशासनसम्बन्धी ५ वटा विषयगत समितिहरूका प्रतिवेदनहरू पनि छलफल गरी पारित गरिएका छन्।

चालु आवको विनियोजन ऐनमा संशोधन प्रस्ताव पारित गरिएको छ। यस अधिवेशनमार्फत चालु आर्थिक वर्षमा तयार पारिएका १० वटा कानुनहरू अनुमोदन गरिएको छ। पहिलोपटक जिल्ला समन्वय समितिका प्रमुखको सहभागिता रहेको यो अधिवेशनमा कार्यालयको संगठन तथा व्यवस्थापन सम्बन्धी प्रतिवेदनमा संशोधन प्रस्ताव प्रस्तुत, छलफल र पारित गरिएको छ। समसामयिक विषयहरूमा छलफल गर्दै सभाको ध्यानाकर्षणसमेत गरिएको छ। गाउँपालिकाको नाम ‘शुद्धोधन’ लाई शुद्ध गरी ‘शुद्धोदन’ बनाउने प्रस्ताव पारित गरिएको छ।दीर्घकालीन सोच परिमार्जन गर्दै नयाँ लक्ष्य ‘आर्थिक विकासमा प्रवर्धन स् समृद्ध शुद्धोदन’ तय गरिएको छ।  सभामा प्रस्तुत सबै प्रस्तावहरू सर्वसम्मत रूपमा पारित भएका छन्  । बजेटको औपचारिक छलफल असार ३१ गते हुने चौथो बैठकमा गरिने पालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले बताए ।गाउँपालिकाले प्रस्तुत बजेट र नीति कार्यक्रममार्फत उपलब्ध श्रोतको उच्चतम उपयोग र समन्यायिक वितरण गरिने, जीवनस्तर सहज, सुरक्षित र गुणस्तरीय बनाइने, र दीगो आर्थिक विकासको जग मजबुत बनाइने विश्वास व्यक्त गरेको छ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका