मालारानीमा प्राङ्गारिक मल कारखाना, मसला उद्योग र कृषि उत्पादन ढुवानीमा अनुदान

मालारानी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि रु. ६२ करोड ९२ लाख ५१ हजार को बजेट सार्वजनिक गरेको छ।
नवीन केसी

अर्घाखाँची, असार १० ।
मालारानी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि रु. ६२ करोड ९२ लाख ५१ हजार को बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १९ औँ गाउँसभा अन्तर्गत दोस्रो बैठकमा उपाध्यक्ष दीपा पोखरेलले प्रस्तुत गरेको बजेट ‘कृषि, पर्यटन र सहकारीः समृद्ध मालारानी’ भन्ने मूल नारामा आधारित छ।

प्रस्तुत बजेटअनुसार रु. ४५ करोड ७१ लाख २९ हजार चालु र रु. १७ करोड २१ लाख २२ हजार पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ।

कृषि र उद्योगमैत्री नीति
गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा १ करोड ७९ लाख ५० हजार विनियोजन गरेको छ।
प्राङ्गारिक मल कारखाना स्थापनाका लागि २५ लाख र किसानका उत्पादन बजारसम्म पुर्‍याउन ढुवानीमा अनुदानका लागि १५ लाख छुट्याइएको छ।
त्यस्तै, मालारानी–८ मा मसला उद्योग स्थापना गर्ने योजना बजेटमा समावेश गरिएको छ।

पूर्वाधार, शिक्षा र सामाजिक क्षेत्रमा लगानी
शिक्षा क्षेत्रमा स्थानीय पाठ्यक्रम ‘हाम्रो मालारानी’ विकास, छात्रवृत्ति, विज्ञान प्रविधि शिक्षा र शिक्षक तालिमलाई प्राथमिकता दिइएको छ।
पूर्वाधार निर्माणमा ६ करोड ३० लाख, सामाजिक विकासमा ७ करोड ३७ लाख ५१ हजार, स्वास्थ्य सेवामा दीर्घरोगी निःशुल्क औषधि, नवजात सेवा र ल्याब विस्तारका कार्यक्रम समावेश छन्।

पर्यटन प्रवर्द्धन
गाइड तालिम, पर्यटकीय नक्सा प्रकाशन र भगवती मन्दिरको पूर्वाधार निर्माणका योजनाहरू बजेटमा समेटिएका छन्।

समावेशी कार्यक्रम र स्थानीय विकास
वडास्तरीय विकासका लागि १ करोड ५७ लाख ५० हजार, संस्थागत विकास तथा सुशासनतर्फ ८ करोड ५२ लाख ५० हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनमा ५८ लाख विनियोजन गरिएको छ।
महिला, दलित, अपांगता भएका व्यक्ति, वृद्ध, बालबालिका र सुकुम्बासी लक्षित कार्यक्रम समावेश गरिएको छ।

आम्दानी स्रोत
समानीकरण अनुदान – ११ करोड ३६ लाख ७२ हजार

राजस्व बाँडफाँड – ९ करोड ९७ लाख १६ हजार

सशर्त अनुदान – ३५ करोड ५१ लाख

विशेष अनुदान – ८७ लाख

आन्तरिक स्रोत – ३ करोड २३ लाख ६२ हजार ८०५

गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराईले यो बजेटले समृद्ध मालारानी निर्माणमा सार्थक पाइला चाल्ने विश्वास व्यक्त गरे ।
प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले योजनाहरू पारदर्शी र प्रविधिमैत्री प्रणालीमार्फत कार्यान्वयन गरिने जानकारी दिए ।
उपाध्यक्ष दीपा पोखरेलले स्रोत सीमित भए पनि सहभागितामूलक र आवश्यकता आधारित बजेट निर्माण गरिएको बताइन ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका