रोहिणी गाउँपालिकाको बजेट ५९ करोड १७ लाख

रोहिणी गाउँपालिकाले १७ औ गाउँ सभाबाट नीति तथा कार्यक्रम पनि पारित गरेको छ । आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा आपसी संवाद, समन्वय, सहमति र सहकार्य मार्फत शासन सञ्चालन विकास व्यवस्थापन र सेवा प्रवाहमा सुधारको बाटो अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
गौतमबुद्ध सन्देश

भैरहवा, १० असार ।

रुपन्देहीको रोहिणी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि ५९ करोड १७ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । पालिकाका प्रवक्ता एवम् वडा नम्बर ३ का वडा अध्यक्ष वीर बहादुर क्षेत्रीले मंगलबार बजेट सार्वजनिक गर्दै आन्तरिक आय एक करोड ९६ लाख बाह्र हजार आठ सय चौरासी रुपैयाँ, सङ्घीय सरकारबाट ५१ करोड १४ लाख ९३ हजार ११६ रुपैयाँ,  प्रदेश सरकारबाट तीन करोड २३ लाख ९४ हजार, बैङ्क मौज्दात दुई करोड ५० लाख, जिल्ला समन्वय समितिबाट ७२ लाख गरि  जम्मा ५९  करोड १७ लाख अनुमान गरेको बताए ।

पालिकाले अध्यक्षलाई ३ करोड १६ लाख, उपाध्यक्षलाई एक करोड र वडा कार्यालयलाई भने ९५ लाख विनियोजन गरेको छ । यसै गरि शिक्षा तर्फ तीन करोड, कार्यालय सञ्चालन र प्रशासनिक खर्चको लागि  नौ करोड पच्चीस लाख, स्वास्थ्य कृषि तर्फ १५/१५  लाख, शिक्षा तर्फ ३ करोड विनियोजन गरेको छ ।

यसै गरि रोहिणी गाउँपालिकाले १७ औ गाउँ सभाबाट नीति तथा कार्यक्रम पनि पारित गरेको छ । आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा आपसी संवाद, समन्वय, सहमति र सहकार्य मार्फत शासन सञ्चालन विकास व्यवस्थापन र सेवा प्रवाहमा सुधारको बाटो अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले आर्थिक विकास, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, कृषि, युवा तथा खेलकुद लगायतमा १३८ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।

सुरक्षित नागरिक आवास कार्यक्रमलाई आर्थिक वर्षको सुरुबाट नै कार्यान्वयन गर्न पहल गरिने र खर/फुसको छाना मुक्त पालिका घोषणा गरिने नीति लिइएको छ ।  सीमान्तकृत विपन्न तथा अति गरिबहरूका लागि आयआर्जन सम्बन्धी सीपमूलक कार्यक्रम गरिने अध्यक्ष यादवले बताए ।  सामाजिक सुरक्षा भत्तालाई अझ सरल र छिटो तरिकाले भुक्तानी गर्ने व्यवस्था मिलाइ विद्युतीय माध्यमबाट सामाजिक सुरक्षा प्रणालीमा सहजीकरण गर्ने कर्मचारीहरूलाई प्रोत्साहन गरिने नीति लिइएको उनले बताए ।

विकासका पूर्वाधारमा सडक पहिलो सर्त हुनाले गुणस्तरीय सडक निर्माणलाई प्राथमिकता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ  । सडक स्तरोन्नतिसँगै नाली निर्माण गरिने र  रोहिणी वडा नं १ र २ जोड्ने रोहिणी नदीमा झोलुङ्गे पुल निर्माण गरिने यादवले बताए । सबै सडकहरूको मापदण्ड निर्माण र नामाकरण गरिनेछ

रोहिणी गाउँपालिकाको आधुनिक प्रविधिमैत्री सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण सम्पन्न गरि कार्यान्वयनमा ल्याइने नीति ल्याएको छ । गाउँपालिका भित्रका ६० वर्षभन्दा माथिका मधुमेह तथा उच्च रक्तचापका विरामीहरुको  लागि निःशुल्क आधारभूत औषधी उपलब्ध गराउने  र ज्येष्ठ नागरिक (८० वर्ष भन्दा माथि ) का र क वर्गका अपाङ्गहरूका लागि कार्यतालिका बनाई स्वास्थ्यकर्मीद्धारा घरदैलो स्वास्थ्य जाँच तथा उपचार कार्यक्रम सञ्चालन गरिने यादवले बताए ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका