दर्ता नगरी सञ्चालन गरिएका भैरहवाका १० वटा क्लिनिक र ल्याब बन्द

गौतमबुद्ध सन्देश

रूपन्देहीको भैरहवामा दर्ता बिना सञ्चालन गरिएका ८ वटा क्लिनिक र २ वटा प्रयोगशाला बन्द गरिएको छ।

जिल्ला स्तरीय संयुक्त अनुगमन समितिले गरेको अनुगमनमा क्रममा मापदण्ड पूरा नगरेका र दर्ताबिनै सञ्चालनमा रहेका क्लिनिक र प्रयोगशालाहरूलाई बन्द गरिएको हो।

जिल्ला अनुगमन समितिका संयोजक एवं रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बुधबार भैरहवा क्षेत्रका १४ वटा निजी स्वास्थ्य संस्थामा अनुगमन गर्दा १० वटा दर्ता नगरी र मापदण्ड विपरीत सञ्चालन गरिएकोले बन्द गरिएको बताए।

बन्द गरिएका क्लिनिकहरूमा सिद्धार्थनगरमा सञ्चालित शिवम् क्लिनिक प्रालि, महादेजस फार्मेसी, होमटाउन फार्मेसी, श्रीनगर अप्टिकल सेन्टर, र नेपाल चस्मा पसलमा सञ्चालित क्लिनिक रहेका छन्। यस्तै, जीविका मेडिकल प्रालि, श्रद्धा क्लिनिक र रोशिष प्याथोलोजी एन्ड क्लिनिक रहेका छन्।

यसै गरी लुम्बिनी प्याथोलोजी र न्यु ओम प्याथोलोजी ल्याब पनि बन्द गरिएको छ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका