अर्घाखाँची मा भारत बाट आउने मानिसको संख्या बढ्दो

माधव पौडेल
अर्घाखाँची, जेठ १३ ।
विश्व कोरोना भाइरस को कारण ले अहिले एउटा विषम परिस्थिति मा नेपाल मा पनि दिन प्रति दिन कोरोना संक्रमित को संख्या मा बढ्दो छ ।यसै बीच रोजगारीको सिलसिलामा भारत गएका नागरिक विश्व भर कोरोनाको उच्च जोखिम भएसँगै धमाधम आफ्नो जन्म भूमि फर्किन थालेका छन् ।

भारतका विभिन्न स्थानबाट कृष्णनगर र बेलहिया नाका हुँदै मंगलबार एकै दिन पाँच सय १२ जना जिल्ला जिल्ला भित्रिएका छन् ।

एक सातामा सन्धिखर्क नगरपालिकाका ३ सय १ जना, भूमिकास्थान नगरपालिकाका ५ सय ६४ जना, शितगंगा नगरपालिकाका ४ सय ६७ जना, पाणिनी गाउँपालिकाका १ सय ९६ जना, मालारानी गाउँपालिकाका ३ सय ९८ जना र छत्रदेव गाउँपालिकामा १ सय ८ जना गरी २ हजार १ सय ३४ जना जिल्ला भित्रिएका हुन् ।

अर्घाखाँची जिल्ला मा ३ ओटा नगरपालिका र ३ वटा गाउँपालिका रहेका छन् । यिनै ६ वटा स्थानीय सरकारले बनाएका एक सय ३२ स्थलका क्वारेन्टाइनमा सबै २१ सय ३४ जनालाई राखिएको छ ।यस सँगै अर्घाखाँची मा दुई जनामा कोरोना पोजेटिभ देखिए सँगै जिल्ला मा थप कडाइ गरिएको पनि छ ।कोरोना पोजेटिभ देखिने दुई जना पुरुष रहेका छन् जस मध्य १९ र ४१ वर्ष का छन् उनीहरू के ही दिन अगी भारत बाट पैदल हिँड्दै आएका थिए। उनीहरु सँगै आएका अरूको खोजि कार्य अगाडि बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *