साना तथा मझौला ब्यावसायी लक्षित राहात प्याकेजको माग

गौतमबुद्ध सन्देश

काठमाण्डौ, जेठ ९ ।

कोरोना संक्रमणका कारण लकडाउनको परिस्थितीमा लाखौ ब्यापारिको सटरमा ताल्चा लागेको आज दुई महिना भई सक्दा पनि सरकारले कुनै राहातको प्याकेज नल्याएको भन्दै ब्यावसायीहरु चिन्तित बनेका छन् ।

ब्यावसायी लक्षित राहात प्याकेज ल्याई सरकारले अभिभावकिय  दायित्व पुरा गनुपर्र्ने राष्ट्रिय  ब्यापार संघका महासचीव बैकुण्ठ दाहालले बताए । उनले भने– ‘यस्तो जटिल अवस्थामा ऋणको भार थेग्न नसकेर ब्याबसायिले  आत्महत्या गर्नु पर्ने दिन आउन नदिन सरकार बेलैमा सचेत हुनुपर्छ ।’

साना तथा मझौला ब्यावसायी लक्षित राहात प्याकेज ल्याउन सरकार सँग राष्ट्रिय  ब्यापार सघले समेत माग गरेको छ । संघले एक विज्ञप्ती जारी गरी सो माग गरेको हो ।  महासचिव बैकुण्ठ दाहालद्वारा हस्ताक्षरीत विज्ञप्तीमा भनीएको छ –

‘विश्वव्यापी महामारी संक्रमणको रुपले फैलिरहेको कोरोना भाइरसका कारण देशैभरी लकडाउनको परिस्थिती आइपरेको यस अवस्थामा हामी निम्न तथा मध्यम स्तरयि व्यवसायीहरु चैत ११ गतेका दिनदेखी व्यवसाय बन्द गरि आ–आफ्नो घरका सेल्फ क्वारेनटाइनका बसी राज्यलाई सहयोग गर्दै आइरहेका छौ । व्यवसाय हाम्रो सोख होइन स्वरोजार हुनुपर्छ भन्ने साँेच हो । राज्यको आर्थीक नितिनियममा रही सो आर्जन गरि आफ्नो पारिवारीक तथा समााजिक दायीत्व बहन गर्दै राज्यको राजश्व तथा रोजगारी अभिबृद्धिको क्षेत्रमा उचित योगदान दिदै विगत लामो समयदेखी ट्रेडिङ, उत्पादन र सेवा क्षेत्रका व्यवसायीहरु आज यो विकराल रुपले फैलिएको कोभिड १९ महामारीको चपेटामा व्यवसाय उठ्नै नसकिने गरि लपेटिन पुग्यौ । कोरोना संक्रमणको महामारीले हामीलार्ई यसरी उठ्नै नसक्ने गरि पछारीरहेको परिस्थितीमा हामीलाई धूलो टकटकाउँदै उठ्न हौसता तथा पे्ररित गरिदिनुहुन र अभिभावकीय दायीत्व निर्वाह गरिदिनुुहन हामी व्यवसायी बर्ग नेपाल सरकार सँग हार्दिक तथा विनम्रता पूर्वक अनुरोध गर्न चाहान्छौ । हामी व्यवसायीहरु आफ्नो पारिवारीक पूँजी, बैंकको लोन साथीभाई नाता कुटुम्भ सँग उधारो तथा सर–सापटि तथा आदि माध्यमबाट आफ्नो व्यवसायमा लगानी गरि आइरहेको अवस्थामा यो महामारीले सिर्जना गरेको लकडाउनको कारणले समयमै ऋणको भुक्तानी, उधारो तथा सर–सापटि चुक्ता गर्न नसक्ने अवस्था सिर्जना भएकाले नेपाल सरकार हामी निम्न तथा मध्यम स्तरीय व्यवसायहरुलाई धरासाहि हुनबाट बचाउन बैंक, वित्तिय संस्था र सहकारी संस्थाहरुको व्याजको मिनाह, घरभाडा मिनाह, नेपाल सरकारलाई भुक्तानी गर्नुपर्ने कर दायीत्व तथा सरलीकरण लगायत विविध आर्थीक सहजीकरणका प्याकेजहरु तत्काल उपलब्ध गराई अभिभावकीय दायीत्व निर्वाह गरिदिनुहुन हार्दीक अनुरोध गर्दछौ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *