नेपालको नक्शामा भारतको प्रतिक्रिया

 अंकित पौडेल

नेपाल र भारत सिमा बिवादमा नेपालले धेरै पटक भारतसङ्ग वार्ता गर्न चाहेको थियो तर हरेक समय भारतले नेपालको प्रस्तावलाई नजरान्दाज गरेको थियो ।

केही दिन अगाडि भारतिय रक्षा मन्त्रीले लिपुलेक सिमानामा बाटो उद्घाटन गर्येपछी नेपालमा भारतको चर्को बिरोध पनि भएको छ र विभिन्न दबाबको कारणले नेपाल सरकारले मन्त्रीपरिषदबाट जेठ ५ गते लिम्पुराधुरा,लिपुलेक र कालापानी सहितको नक्शालाई स्वीकृती दिएको थियो । जसमा नेपालिहरुको सरकारलाई पुर्ण समर्थन रहेको छ भने भारतले त्यो क्षेत्र आफ्नो रहेकोले नेपालको नक्सा आफुलाई मान्य नहुने बताएका छ्न।

भारतले केही दिन अगाडि आत्मनिर्भर भारत भन्ने योजना घोषणा गरेको थियो र सो योजनालाई लिएर भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिले जनतालाई सम्बोधन गर्दै देशको उत्पादन प्रयोग गर्न आग्रह गरेका थिए यो योजनाले चीनबाट आयात घट्न गई उसलाई घाटा हुने भएकोले नेपाललाई उचालेको भन्ने भारतिय सन्चारकर्मिको भनाई छ साथै चीन र भारत बिच सिमा विवादले गर्दा केही दिन अगाडि चीनको सेना र भारतीय सेना बिच हातापात भएको थियो यहि कुरालाई लियर भारतिय सेनाप्रमुखले नेपालको सिमा बिवादलाई तेस्रो मुलुकले उचालेको भन्ने अभिव्यक्ति दिएका थिए तर यो भनाई उसको नभई भारतिय सरकार हुन सक्ने अनुमान लगाईयको छ ।

नेपाली चेलि तथा पुर्व प्रधानमन्त्रीको नातिनी मनिशा कोइराला भारतको एक चर्चित नायिका हुन ,उनले देशको नक्शालाई स्वागत गरेको थिईन साथै बिवादित क्षेत्रलाई लिएर वार्ता गर्न भनिकी थिईन तर भारतको न्युज च्यानलहरुले मनिषा कोइरालाले पाकिस्तानको बोली बोलेको र भारतको खायर चीनको पक्ष लिएको जस्ता अस्वाभाविक आरोप लगायका थिए ।

भारतिय जनता पार्टिका प्रवक्ता राजिब जेट्लिले Zee News नामक टेलिभिजनमा नेपाल भारत सिमा विवादको बहसमा उनले यसमा नेपालको दोस नरहेको र नेपाल हाम्रो भाइ हो अहिले बिवादित नक्शा सार्वजनिक गर्नुमा देशको हात नभई राजनितिक दलको हात रहेको र यो सबमा माओवादीको समलग्नता हुन सक्ने भनाई राखेका थिए ।

नेपाल सरकारले यसो गर्नुमा माओवादीको दबाब रहेको छ र माओवादीको समर्थन सरकार भएकोले माओवादीले भनेको मानेको हुनुपर्ने बताए यस्तो अस्वाभाविक बयान दिनु एउटा सत्तापक्ष पार्टिको प्रवक्ताको गैरजिम्मेवारि हो । माओवादी अब माओवादी नभई नेकपा भैसकेको छ र यो नेपालमा नेकपाको नेतृत्वको सरकार छ भन्ने कुरा भारतले बुझ्नु जरुरी छ ।

सरकारले नक्सा सार्वजनिक गरिसके पछि भारत सरकारलाई दबाब बढेको छ आशा राखौ छिट्टै वार्ता भई त्यो क्षेत्रमा देशको पुर्ण अधिकार होस यस्तो बेलामा सम्पुर्ण नेपाली जनताले सरकारको साथ दिन जरुरी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *