सैनामैना नगरलाई तत्काल सिल गरि कोरोना मुक्त नगर बनाऔं ।

अर्जुन पौडेल
नेपाली कांग्रेस सैनामैना नगर समिती सदस्य
रुपन्देहीको सैनामैना नगरपालिकालाई कोरोनाको जोखिम बाट मुक्त गराउनका लागि नगर प्रवेश गर्ने सम्पुर्ण नाका सिल गर्न ढिला भईसकेको छ । नगर बाहिरबाट आएका मनिसको पहिचान गर्दै उनीहरुको स्वास्थ्य परिक्षणका साथै २१ दिन सम्म होम क्वारिन्टिनमा राख्दै नगर बाहिरबाट हुन् सक्ने जोखिन न्यूनिकरणका लागी तत्काल नगर सिल गर्न आवश्यक रहेको छ ।
अन्य जिल्ला तथा पालिका बाट मानिसको आवत जावत बढदा सैनामैना कोरोना अत्यन्त जोखिम रहेको छ । सैनामैना सङ्ग जोडिएका कन्चन , गैडहवा ,सुदोद्द्न , गाउँ पालिका बुटवल उपमहानगर स्थानीय निकाय हुँदै आउने जाने क्रमले मानिसहरुबाट पनि स्थानीयमा कोरोना त्रासका कारण सैनामैना नगरपालिकाका सिमाना एवं नाकामा सर्तकता अपनाउनु पर्ने देखिन्छ । यस्तै नगर भित्र विभिन्न समयमा प्रवेश गरेका र लक डाउन पहिला नै विदेशबाट आएकाहरुको पुन स्वास्थ्य परिक्षणको आवश्यकता रहेको छ । हाल मलेसियाबाट आएको ६६ दिन पछि सम्म कोरोना देखिएका कारण यसको संक्रमण फैलन नदिन बाहिरबाट आएकाहरुको स्वास्थ्य परिक्षण आवश्यक रहेको छ ।
कोरोनाबाट स्वास्थ्य संस्था र स्वास्थ्य कर्मी सबै भन्दा पहिला बचाउनु अहिलेको प्रमुख आवश्यकता हो । यदी स्वास्थ्य संस्था र स्वास्थ्य कर्मी नै संक्रमणको चपेटमा आएमा अरुको उपचार कसरी हुन् सक्छ र यसैले उनीहरुको सुरक्षाका लागि सवै एक जुट हुनुपर्दछ ।
सैनामैना नगरपालिकालाई कोरोना मुक्त नगर बनाउन सबैले आफ्नो तह बाट सक्रियता पुर्बक सचेत र जिम्मेवार नगरवासीको भुमिका ग्रहण गरि समग्र नगरबासी कै स्वास्थ्य प्रति गम्भीर हुनुपर्दछ । हामीले सानो प्रयासमा पनि यसबाट बाँच्न सकिने भएकाले यस प्रति ध्यान दिन सम्पूर्ण नगरबासिमा हार्दिक अनुरोध गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *