प्रतापपुरका कोरोना संक्रमितलाई भैरहवा पठाईयो

 मोनु शर्मा
जेष्ठ २, पृथ्वी चन्द्र अस्पताल परासीमा राखिएका कोरोना संक्रमित पश्चिम नवलपरासीको प्रतापपुर ५ बैदौलीका पुरुषलाई भैरहवाको भिम अस्पताल पठाईएको छ । अस्पतालको आकस्मिक र प्रसुति बाहेकका सबै सेवा बन्द गर्नुपर्ने अवस्था आएपछि कोरोना संक्रमितको उपचारका लागी तोकिएको भिम अस्पतालमा पठाईएको पृथ्वी चन्द्र अस्पताल परासीका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मोहम्मद नुरुल होदाले जानकारी दिए ।
उनका अनुसार अस्पतालको ओपिडि सेवा बन्द हुदा यस क्षेत्रका मानिसहरुको परेको असरलाई मध्यनजर गर्दे भिम अस्पतालमा बेड खाली हुने वित्तिकै आज दिउसो त्यता तर्फ पठाईएको हो । कोरोना संक्रमितलाई यस अगाडी बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा पठाउने भनिएपनि बेड अभाव भएपछि परासीमै रहेको आईसोलेसनमा राखिएको हो ।
संक्रमित भएपनि ति व्यक्तिको स्वास्थ्य अवस्था समान्य छ, केहि पनि लक्षण देखिएको छैन् । संक्रमितलाई भैरहवा पठाएपछि पृथ्वी चन्द्र अस्पतालको ओपिडि सेवा आईतबार बाट सुचारु रहने डाक्टर होदाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *