मुन्ना जी !

खल्तीका पत्रकार
‘यी मेरा खल्तीका पत्रकारहरु हुन् । एक कल फोन गरेभने जे भन्यो त्यही मान्छन् । जस्तो भन्यो त्यस्तै समाचार लेखिदिन्छन् ।’
कसैले मुन्नाजीलाई बढो धाक दिदै ठूलो ठूलो श्वरमा भन्दै थियो ।
मुन्नाजीलाई थाहा छ – ‘ पत्रकार भनेको राज्यको चौथो अंग हो, जनताको तेस्रो आखा हो , सहिलाई सही र गलत लाई गलत भन्ने एक निकाय हो ।’
उसको कुरा अझ विस्तार हुँदै थियो । ‘विना पैसा केही हुदैन, कार्यक्रममा बोलायो ५–६ सय खाममा राख्दीयो भोली समाचारै समाचार ।’
पार्टि– पत्रकार, नेता–पत्रकार, झोले– पत्रकार, डन–पत्रकार भन्ने पनि हुँदा रहेछन् । मुन्नाजी बढो चाख पुर्वक उसका कुराहरु सुनिरहेका थिए ।
‘लुकेका र लुकाईएका खबर दिने हाम्रो प्रयास जारी छ तपाई हेर्दै गर्नुहोला….टेलिभिजन धन्यवाद’ नजिकैको टिभिमा बज्दैै थियो ।

सहमती
मुन्ना जी लाई आजभोली सहमती भन्ने शब्द सुन्दा नै पारो तात्ने गर्दछ ।
हाकीम, कर्मचारी, साथीभाई, पुलिस प्रशासन, अख्तियार, मालपोत, गाउँपालिका, नगरपालिका सबैसँगको सहमती ।
विचौलिया सँगको सहमती, सोर्स फोर्सको सहमती । सरकार सँगको सहमती ।
मुन्नाले पनि बाध्यतावस् धेरै ठाउँमा सहमती गरेको छ कहिले टेवल मुनीबाट, कहिले टेवल माथीबाट, कहिले विचौलीयाबाट ।
सहमती विना केही नचल्ने भो आजभोली यस्तै लाग्छ मुन्नालाई । आज सहमती भोली सहमती….एउटा काम गर्न गयो त्यो काम बनाउनलाई अर्काे सहमती ।
भर्खरै मात्र सरकार सँग सहमती भएको छ उखु किसानहहरुको । खोई सहमती मात्र त होला नी ।

कागजको मुल्य
यो कागजको नाम पनि के के हो के के, अझै मूल्य त भनिनसक्नु छ ।
पैसा, किताव, कापी, पत्र –पत्रिका, बिल के के हो के के ।
सरकारी कार्यलयमा काम लिएर गयो यो फारम भर्नुस, त्यो फारम भर्नुस, अझ त्यहाँ पाउँछ, यहाँ पाउँछ ।
कार्यालयमै पाउँदैन ? मुन्नाजीले कर्मचारीलाई सोधे ।
नाई यहाँ पाउँदैन । बाहिरको ….पसलमा जानुहोस् मैले पठाएको भन्नु दिन्छन्–कर्मचारीको जवाफ ।
मुन्नाजी आफ्नै पहिलेको खेलोमा आज आफै परे ।
कार्यालयका कर्मचारीसँगको मिलेमतोमा फारम बेचेर आफ्नो र कर्मचारीको खल्टी भर्ने आफ्नो पुर्व पेसाले गर्दा नै ५० रुपैयाँ लगानी पर्ने फारमलाई फाइल सहित रु.१५० तिरेर एजेन्ट मार्फत आफ्नो काम गराए ।

राजीनामा देउ
जाडोको मौसममा मुन्नाजीलाई चिसो पानीले नुहाउनु भनेको मर्नु जस्तै लाग्छ । त्यसैले होला घरमन्त्री (श्रीमती) सँग सधै झगडा पर्छ ।
मुन्नाः दिने भए देउ नत्र भने ?
श्रीमतीः नत्र भने के ?
मुन्नाः मेरो निर्णय हुन्छ ।
श्रीमतीः के निर्णय ?
मुन्नाः निउँ खोजेको ?
श्रीमतीः म दिन्न के गर्छाै ?
मुन्नाः मैले भनेको नमान्ने ?
श्रीमतीः मान्दिन ।
मुन्नाजी बाथरुम भित्र छिर्छन्…बिना निर्णय आजको झगडा सकिन्छ ।
मुन्नाजीको यो झगडा सुन्दा देशको राजनीति जस्तै लाग्छ, पार्टीले भन्छ–‘राजीनामा देउ’, उनी भन्छिन्–‘राजीनामा दिन्न ।’

आयोजना विस्तार
मुन्नाजीलाई आफ्नै पालामा देश विकास भएको हेर्ने मन छ ।
देशमा ‘बन्न लागेका आयोजनाहरु सम्पन्न गर्ने र भएका आयोजनाहरुलाई बिस्तार गर्ने’ भन्ने समाचार खोजी खोजी पढ्ने गर्दछन् ।
कहिलेकाही प्रधानमन्त्रीको भाषण सुन्दा अलिकति आशावादी हुन्छन् ।
उनी गाउँगाउँमा सिंहदरबारको अधिकार पु¥याउनकै लागि धेरै आन्दोलनमा सहभागी भएका थिए । आफ्नै प्रतिनिधि आफै चुन्न पाउने अधिकारको प्रयोग गरि भोट पनि हालेका थिए ।
अहिले घाम लाग्दा धूलो र पानी पर्दा हिलो हुने सडक, निर्माण गर्दागर्दै यत्तिकै छोडिएका आयोजनाहरु, विकासका नाममा गरिएका विनास, काम राम्रो गराउनका लागि पाउने दुःखले गर्दा उनलाई सिंहदरवार ‘सिंहको दरवार’, विकासका आयोजना ‘विनासका आयोजना’ र आयोजना बिस्तार लाई ‘आयोजना विस्तारै’ हो जस्तो लागेको छ ।

 

कमजोर मुटु
मुन्नाजीले आफुलाई निचाउनु पर्दा नामको अगाडि समाजसेवी लगाउने गरेका छन् । पद पेसा जे भनेपनि उनलाई गाउँलेले बरिष्ठ मान्छे भनेर चिन्ने गर्दछन् । गाउँमा कसैलाई ग्राहो साह्रो पर्दा छिमेकिहरु मुन्नाजीलाई गुहार्ने गर्दछन् । गाउँमा उनको निणर्यलाई सबैले मान्ने गर्दछन् । निणर्य नमान्नेको त खैरेत नै छैन ।
कोही पक्राउ प¥यो मुन्नाजीको एक कलको पर्खाई, आन्दोलन÷¥यालि निकाल्नुप¥यो मुन्नाजी, कसैलाई भनछुन गर्नु प¥यो मुन्नाजी, बरिष्ठ मान्छेको स्वागत गर्नुप¥यो मुन्नाजी, सानातिना काममा त उनको नामै काफि थियो । ठेक्कापट्टामा त उनको रजाई नै थियो ।
यि सबै हर्कत मिडियालाई थाहा भइसकेको छ, समाचारमा उनको नामै किटेरै आउने गरेको छ । जसकारण अहिले मुन्नाजीको मुटु कमजोर बन्दै गएको छ ।

सुनको सुगन्ध
समाजसेवी मुन्नाजी आफुलाई बर्दी बिनाको प्रहरी भन्छन् । आफुले देखेका अनाधिकृत कामहरुलाई खुसुक्क प्रहरीलाई जानकारी गराउँछन्् । आफ्नो पार्टिको प्रहरी साब आएपछि त झन् मुन्नाजीलाई दुबै हातमा लड्डु जस्तै भएको छ । आफ्नै दलका पत्रकारहरुलाई हट न्युट छ त्यसलाई जसरी भएनी सिद्याउनु पर्दछ भन्दै आदेश दिन सम्म भ्याउछन् ।
अस्ती मात्रै सुन तस्करी गर्दै गरेको प्रमाणसहितको खबर प्रहरीलाई दिएका थिए । हिजो मुद्धा चल्दैछ भन्ने खबर पाए । आज टिभिमा समाचार देख्ने विक्तिकै उनको होस हवास नै उड्यो ।
‘बरामद सामान तामा भएको पुष्टि, आरोपि रिहा ।’
मुन्नाजी आफुलाई धिक्कार्दै सोच्छन् ‘आजभोली सुनको सुगन्ध पनि उड्न थालेछ ।’

 

चारो कम भयो ।

काम गर्न पनि कस्तो गाह«ो के, काम गरांै समातिएला भन्ने डर काम नगरौं माथिको आदेश । मुन्नाजीलाई सारै गाह«ो परेको छ आजकल । सेटिङ विग्रिएपछि त झन उनलाई तनाव बढेको छ । हिजो पनि ठूलै माल हात पर्नेवाला थियो, समातिहाले नी मिडियाले । समाउँनुपर्नेले समाउँदैन्न फोकटको तनाव । त्यहि झाेंकमा केटाहरुको सातो पनि खाइदिए । बल्ल बल्ल बनेको सम्बन्ध झन् विग्रिएला झै भयो ।
‘चारो कम भयो’ यस्तै हो भने सकिदैन है ! फोनमा चर्काचर्की चल्दैथियो । तलदेखि माथिसम्म मिलाउनै प¥यो के गरौं हजुर ! मुन्नाजीले नम्र बोलीमा सम्झाउँदै थिए ।
यत्तिकैमा ढोकाको घण्टी बज्छ ।
पक्राउनु पर्ने समान केटोले फेरि ल्याएछ । ओहो, तनाव पनि कति दिन सकेको !
खोई आज पनि माल हात लाग्ला जस्तो छैन, मुन्नाजी सुस्ताउदै थिए…..

 

खाली ठाउँमा ।

छिमेकीले तेत्रो प्रगती गरिसक्यो, के हो हाम्रो गाउँ सधै बत्ती मुनिको अध्यारोमै बस्नुपर्ने हो ?
प्रश्न झर्न नपाउँदै नगरप्रमुखले भने– ‘मैले खल्तीबाट गर्ने हो प्रगति ? तपाईले गर्नुप¥यो नि मैले मात्र गरेर हुन्छ । के गर्ने भिजन दिनुस् । काम त भैराकै छ नी, भ’को काम देख्नुहुन्न ? खोइ कहाँ गर्ने विकास, जहाँ खाली देखे त्यही गरिराकै त छु नी ।’
यति कुरा सुनिसकेपछि मुन्नाजीलाई खुल्ला दिसापिसाव मुक्त क्षेत्रमा शौच गर्न मन लाग्यो । आखिर जहाँ खाली देख्यो त्यही गर्ने त रैछ नी

 

ठूलो अठोट ।

मुन्नाजीले ठूलो अठोट लिएका छन् । जहिले कुरा मिल्दैन तैले सम्म टिकीराख्ने ।
न यताको उता, न यहाँको त्यहाँ । सिन्को पनि भाच्न नपरोस् बस् यत्ति भए पुग्छ । भोली कसले देखेको छ र ? जे गर्ने हो आजै गर्ने हो । बुढेसकालको सहारालाई जम्मा गरिएकै छ । २–४ जना आसेपासे छदै छन् ।
भन्नेले जे भन्छन् भन्छन् ठाउँ पाउदासम्म त भन्ने हो नि भोली पद खुस्कीएपछि त तै चुप मै चुप । काम कसका लागि गर्ने, यसो गरेजस्तो गरो झारा टारो सक्कीगो । सरीरलाई बोझ किन दिने ? अरुले गरे पनि त हुन्छ, मैले मात्र गर्नुपर्ने ?

 

आफै त महादेव…

मिडियामा तस्करीको समाचार आएपछि तनाबमा परेका मुन्नाजी अहिले हारगुहारमा लागेका छन् । फुर्सदको समयमा केटाहरुलाई काम पनि हुने आफुलाई गज्रो टार्न पनि हुने भएकाले सा’ब सँग मिलेमतो गर्दै आएका थिए । तर अहिले मिडियामा समाचार आएपछि भने आफुलाई बचाउन भन्दै आफ्ना पहुँचमा भएकाहरुलाई केस मिलाइदिन अनुनय विनय गर्दै छन् ।
आफुलाई व्यवसायीक हुँ भन्ने सा’बले पनि केही गर्न सकेनन् । झन् अस्ति त पत्रकारलाई कार्यालयमै बोलाएर सवा घण्टा सम्म झाट्नु सम्म झाटे रे, नियमकानुन सिकाए रे, सा’बका प्रत्येक ठाउँमा मान्छे छन् रे गोप्य कुरा त रिपोटिङ भैरहन्छ रे ।
हिजो सा’बलाई मुन्नाजीले फोन गर्दा आफु समस्यामा परेको कुरा औल्याए । ‘आफु त महादेब कसले देला वर’ जस्तै भएको रैछ उहाँलाई पनि हार्दिकता जनाएर फोन काटे ।
मुन्नाजीले अब यो पेसा पूर्ण रुपमा छोड्ने निधो गरेका छन् । नियमन निकायमा रहेका सा’बलाई के थाहा नहोला र आफ्नो संगठन भित्रको सहि र गलत कुरा ? गलत कामलाई कहिलेसम्म ढाकछोप गर्छन ? त्यो भन्दा पहिला सा’बलाई नियम–कानुनमा बसेर काम गर्न सुल्झाउने ठूलो धोको राखेका छन् ।

 

(समाजमा भएका विकृति र विसंगती माथी व्यङगात्मक शैलिमा लेखिएका गौतमबुद्ध सन्देश दैनिक पत्रिकामा प्रकाशित मुन्नाजी शृङ्खलाबाट  साभार गरिएका केही स्तम्भहरु।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *