लेखापढी व्यवसायीद्वारा राहत प्रदान

गौतमबुद्ध सन्देश
भैरहवा, २२ वैशाख ।
नेपाल लेखापढी तथा कानून व्यवसायी एशोसिएसन ईकाइ समिति भैरहवाले आफु मातहतका सदस्य, सहयोगीलाई राहत प्रदान तथा सिद्धार्थनगर नगरपालिकाको कोरोना विशेष राहत कोषमा सहयोग गरेको छ ।

कोरोना महामारीको दौरान विगत लामो समयदेखि लकडाउनको मार खेपिरहेका आफ्ना सदस्य तथा सहयोगीहरुलाई समितिले राहत प्रदान गरेको हो । मालपोत कार्यालय, नापी कार्यालय तथा अन्य अड्डा अदालतमा लेखापढी गरी बस्ने व्यवसायीहरु यी कार्यालय बन्द हुँदा समस्यामा परेका थिए । दैनिक रुपमा काम गरी गुजारा गर्दै आएका यस्ता व्यवसायीलाई सहयोग पु¥याउने उद्देश्यले सहयोग गरिएको समितिका अध्यक्ष भागवत प्रसाद उपाध्यायले जानकारी दिए ।

समितिमा आवद्ध १ सय १६ जना सदस्यहरुलाई जनही ७ हजार रुपैयाँ र ४० जना सहयोगीहरुलाई जनही २ हजार ५ सयको दरले राहत प्रदान गरिएको नेपाल लेखापढी तथा कानून व्यजसायी एशोसिएसन ईकाइ समिति भैरहवाका कोषाध्यक्ष अशोक प्रजापतिले बताए । त्यस्तै समितिले सिद्धार्थनगर नगरपालिकाको कोरोना विशेष राहत कोषमा पनि २० हजार रुपैयाँ प्रदान गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *