विपन्नलाई राहत बाड्दै रफिक शाह

गौतमबुद्ध सन्देश

भैरहवा, १८ वैशाख ।

रुपन्देहीको सियारी गाउँपालिका निवासी रफिक शाहले लकडाउनको समयमा दैनिक छाक टार्न समस्यामा परेका नागरिकलाई खाद्यान्न राहत सामाग्री वितरण गरेका छन् । उनले विपन्न वर्गलाई लक्षित गरी आफ्नो व्यक्तिगत खर्चमा राहत सामाग्री वितरण गरेका हुन् ।

शाहले मायादेवी गाउँपालिका वडा नम्बर २ का १९ टोलमा राहत वितरण गरेको बताए । त्यसै गरी उनले सियारी गाउँपालिकामा ३ टोलमा र भैरहवा पनि ५ घरपरिवारलाई राहत वितरण गरेको बताए । शाहले अहिलेसम्म २५० घरधुरीमा सहयोग पु¥याएको बताए । विपन्न वर्गले सहयोग मागेमा लकडाउन भरी नै सहयोगलाई निरन्तर निस्वार्थ रुपमा गर्ने स्पष्ट पारे । शाहले चामल, तेल, दाल, सोयाबीन, नुन लगायतका सामाग्री वितरण गरेका हुन् । उनले वितरणमा सहयोग गर्ने राजिन्द्रर विश्वकर्मा, रहिस मोहम्मद शाह र सुवास गौतमलाई धन्यवाद दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *