प्रदेश ५ मा कृषि एम्बुलेन्स सञ्चालन गरिंदै

खाद्य संकट आउन सक्छ : कृषि मन्त्रालय
टोपराज शर्मा
बुटवल, ५ वैशाख ।
प्रदेश ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि उत्पादनको ढुवानी सहज बनाउन कृषि एम्बुलेन्स सञ्चालन गर्न दिने भएको छ । कोभिड १९ को संक्रमणको जोखिमका कारण देशव्यापी लकडाउन जारी रहेकाले कृषि उपज ढुवानी गर्ने सवारीसाधनलाई कृषि एम्बुलेन्स नामाकरण गरी सञ्चालन गर्न दिने निर्णय भएको हो ।

किसानलाई सहज रुपमा तरकरी, फलफुल, दुध, माछा मासु तथा अन्य उपभोग्य सामाग्रीहरु विक्री गर्न र उपभोक्ताहरुलाई पनि सहुलियत दरमा खरीद गर्न सजिलो होस् भनेर कृषि एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बताइन् । सकभर चार चक्के ढुवानी साधन परिचालन गर्ने र उत्पादन स्थलबाट कृषकहरुले सोझै टोल टोलमा खुद्रा ब्यापारी र उपभोक्तासम्म पु¥याउने ब्यवस्था मिलाउने उनले बताइन् ।

‘तरकारी, फलफुल दुध माछा मासु तथा अन्य उपभोग्य सामाग्रीहरु उपभोक्तालाई उपलब्ध गराउन मन्त्रालय मातहतका पिकअप गाडीहरुलाई र मन्त्रालय र मातहतका निकायबाट कृषि उद्यमी तथा कृषि सहकारीहरुलाई उपलब्ध गराइएका ४४ वटा पिकअप गाडीहरु कृषि एम्बुलेन्सको रुपमा चलाइनेछ ’– मन्त्री पौडेलले भनिन्–‘नीजि क्षेत्र तथा सहकारीको पिकअपहरु परिचालन गर्दा सवारीसाधनको न्युनतम भाडा सम्बन्धित कृषि उद्यमी तथा कृषि सहकारीहरुले नै ब्यहोर्ने इन्धन कृषि ज्ञान केन्द्र वा बिज्ञ केन्द्रले आन्तरिक बजेटबाट नै ब्यहोर्ने छन् ।’ अत्याबश्यक कृषि तथा पशुजन्य खाद्यवस्तुको आपुर्ति तथा वितरण र उत्पादन सामाग्रीहरुको सुलभ आपुर्तीको सुनिश्चित गर्न मन्त्रालयमा उपसचिब सुरेशचन्द्र आचायलाई सम्र्क व्यक्ति र मातहत सबै कार्यालयहरुमा एक एक जना सम्पर्क अधिकृत तोक्ने ब्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

प्रत्येक जिल्लामा एक एक वटा सम्पर्क कार्यालय तोक्ने र उक्त कार्यालयले मन्त्रालयले तयार गरेको ढुवानी साधन ब्यवस्थापन प्रणाली मार्फत ढुवानी साधनहरुको परिचालन गर्न पास उपलब्ध गराउने र स्थानीय प्रशासन र सुरक्षा निकायसंग समेत समन्वय गर्ने ब्यवस्था मिलाउने उपसचिव आचार्यले बताए ।

वर्तमानको कठिन परिस्थितिमा बाली लगाउनको लागि किसानहरुलाइ बीउ, मल, रोग तथा किटनाशक विषादी, चल्ला, दाना तथा चारा घाँस परालको आपुर्ति व्यवस्था मिलाउने र समयमै बाली थन्काउने तथा बाली लगाउने कार्यमा सामाजिक दुरी कायम राखी समयमै गर्ने गराउने व्यवस्थाको लागि आबश्यक समन्वय गर्ने मन्त्रालयले निर्णय गरेको छ ।

भिड कम गर्न उत्पादक तथा वितरकहरुलाई टोल टोलमै पुगेर सोझै खुद्रा पसले वा उपभोक्तालाइ बिक्री गर्ने ब्यवस्था मिलाउने र मन्त्रालयबाट कृषि तथा पशुजन्य उत्पादन र उत्पादन सामाग्रीको आपुर्ति र वितरणको लागि अनलाइन पास तथा ट्रयाकिड्ग सिस्टम लागु गरिएको छ ।

एग्रोभेट तथा कृषि समाग्री विक्रेता पसल सञ्चालन

बर्षे बालीको बीउ मलको ढुवानी तथा रोग कीराको प्रकोप व्यवस्थापन गर्न आवश्यक किटनाशक बिषादीको आपुर्ति र वितरणको व्यवस्था मिलाउन एग्रोभेट पसल र कृषि सामाग्री विक्रेता पसल खोल्न दिने र उत्पादन सामाग्री कृषकलाई समयमै उपलब्ध गराउने व्यवस्था मिलाउन जिल्लास्थित कार्यालयले सहजीकरण गर्ने निर्णय पनि भएको छ ।

कृषकहरुले आफूले उत्पादन गरेको परिमाण तथा विक्री योग्य परिमाण सम्बन्धित जिल्लास्थित कार्यालयमा जानकारी गराई तथ्याकं अद्यावधिक गर्ने, लकडाउनका कारण कृषि क्षेत्रमा परेको प्रत्यक्ष प्रभाव र क्षतिको तथ्यांक समेत संकलन गर्ने व्यवस्था मिलाई सम्बन्धित निर्देशनालयले मन्त्रालयमा पेश गर्ने ब्यवस्था मिलाइएको उपसचिव आचार्यले बताए ।

उत्पादन वृद्धिका लागि करार खेती कार्यक्रम

कोभिड १९ बाट सृजित विशेष परिस्थितिको कारण कृषि तथा पशुजन्य उत्पादन घट्न गई भबिष्यमा आउन सक्ने खाद्य संकटलाई मध्यनजर गर्दै स्थानीय तहहरुको सहकार्यमा करार खेती कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउने निर्णय पनि मन्त्रालयले गरेको छ । जग्गा भाडा बापतको रकम र केही पूर्वाधार विकास खर्च मन्त्रालयले उपलब्ध गराउने गरी जग्गा भाडामा दिने जग्गा धनि र भाडमा लिइ खेती गर्ने कृषकहरुको विवरण तयारीका लागी सबै स्थानिय तहहरुलाई पत्राचार गरिएको उपसचिव आचार्यले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *