कोरोना नियन्त्रणमा रोवर्ट र ड्रोनलाई पनि प्रयोग गर्न सकिन्छ

देवर्शी पाण्डे (पिपल अभियन्ता ) बुटवल -४,आदर्श्नगर रुपन्देही ।

अहिले यो विश्वब्यापि महामारी( कोबिड 19) रोग कोरोनाले धेरैलाई दु:ख दिएको छ । धेरैको निधन भैइसक्यो त्यसैले सबै जनाले यस रोगलाई नियन्त्रण गर्नुपर्छ ।

सबैलाइ डर लाग्नु पनि स्वभाविक हो । यो समयमा हाम्रो श्रोत साधन लाई उचित ढंग बाट ब्यापक रुपमा प्रयोग गर्नुपर्छ। अहिलेको बिज्ञान ,प्रविधि प्रयोग गर्नुपर्छ कम्प्युटर बाट सन्चालन हुने रोबर्टहरु , ड्रोनहरु द्वारा विश्वभरिका अस्पतालहरु मा औषधी खाना दिन ,बिरामीको हेरचाह गर्न सजिलै सकिन्छ र रोग को पनि सङक्र्मन हुदैन समय पनि बचत हुन्छ जुन चिकित्सक र वैज्ञानिकलाइ कोरोनाको औषधी र खोप बनाउन मद्दत पुग्छ ।

रोबर्टहरु र ड्रोनहरु लाई विकट गाउँमा,अप्ठ्यारो ठाउमा छिटोभन्दा काम गर्न रोबर्ट द्वार चिकित्सक र वैज्ञानिक को निर्देशन मा सजिलै संचालन गर्न सकिन्छ । यो अबस्थामा रोबर्टहरु , ड्रोनहरु प्रयोग नगरे कहिले गर्ने ? यो संदेश विश्व स्वास्थ संगठन सम्म पुर्याउनु जरुरी छ । विश्व का सबै देशले रोबर्टहरु र ड्रोनहरु परिचालन गर्नुपर्छ ।

म हाम्रा सम्माननिय प्रधानमन्त्री जि लाइ पनि बिदेश बाट रोबर्टहरु र ड्रोनहरु मगाउनु हुन अनुरोध गर्छु ।यस्ले साधन , स्रोत को बचत गर्नेछ र दुर्गम ठाउँमा युद्धस्तरमा काम गर्नेछ। हामी पृथ्वी का सबै मनिसहरु जिवित भय बिकास फेरि पनि हुन्छ । आफु पनि बाचौ अरुलाई बचाउ ।

यो रोग नियन्त्रण छिटोभन्दा छिटो होस र औषधि पनि बनोस । नेपालभरि का जडिबुटीहरु कोरोना को औषधि बन्न सक्छ सरकारले केमिस्ट्हरु , बैज्ञानिकहरु, चिकित्सकहरु लाइ यहाँ को वन,जङ्ल मा रिसर्च गरायमा राम्रो हुन्छ । भगवानले सबैको कल्याण गरून् । फेरि सबै को मुखमा हासो छावोस हराभरा पृथ्वी को बिकास सहित को कल्पना बिरुवा रोपेर होस । विश्व को जय होस ।

(यो लेखकको निजि विचार हो ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *