सीमा नाकामा अलपत्रको उद्धार गर : कांग्रेस रुपन्देही

गौतमबुद्ध सन्देश
भैरहवा, २० चैत ।
रेमिट्यान्सका माध्यमबाट देशको अर्थतन्त्र धानेका नेपाली युवाहरु भारतीय सिमा नाकाहरुमा अलपत्र परेको विषयमा गम्भिर ध्यानाकर्षण भएको नेपाली कांग्रेस रुपन्देहीले जनाएको छ ।

आफ्नै देशमा आएर क्वारेन्टाइनमा बस्न तयार भएका सीमामै रहेका नेपालीहरुलाई स्वदेशमा आउने वातावरण बनाउन सरकारसंग कांग्रेसले माग गरेको छ ।

स्वास्थ्य संवेदशिलतालाई बुझ्दै कतिपय व्यवहारिक कठिनाइलाई भारतिय पक्षसंग संवाद गरी समस्याको समाधान गर्न सकिने भन्दै सीमाबाट उद्धार गरिएका नेपाली युवाहरुलाई सरकारले स्वास्थ्य परीक्षण गरेर दिए उनीहरुलाई खाने बस्ने व्यवस्था नेपाली कांग्रेस रुपन्देहीले गर्ने पनि जनाइएको छ ।

पार्टी जिल्ला सभापति अब्दुल रज्जाक र सचिव रामकृष्ण खांणद्धारा जारी गरिएको विज्ञप्तीमा यसरी अलपत्र परेका सबैलाई राख्न आवश्यक परे आफ्नै पार्टी कार्यालय समेत दिन तयार रहेको भनिएको छ । पटकपटक दशगजा क्षेत्रमा आएर अलाप गरिरहेका नेपालीहरुलाई नेपालमै राखेर उनीहरुको स्वास्थ्य परीक्षणदेखि खानपानको व्यवस्थापन गर्न कांग्रेसले माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *