ब्यूटिसियन पेशालाई हेर्ने दृष्टिकोण बदलियो

मिना पन्थी
प्रोप्राइटर संजिवनी ब्यूटिपार्लर एण्ड टे«डि· सेन्टर
नारायण पथ–८ भैरहवा

व्यवसाय सुरु गर्नुभएको कति भो ?
२०६७ देखि सुरु भएको हो । १० वर्ष भयो मैले यो पेसा सुरु गरेको ।

के के सुविधा दिनु भएको छ ?
ब्यूटिपार्लर सम्बन्धी सम्पूर्ण कामहरु बाहिर भन्दा न्यूनतम मुल्यमा गरिनुका साथै १०० प्रतिशत ग्यारेन्टीका साथ गर्दछौं । जस्तै Hair Streating गर्दा यदि बिग्रियो भने हामी पनि त्यसलाई फ्रि मै गरिदिन्छौँ र अन्य कामहरु जस्तै ः फेसियल हेयर कट, हेयर क्लर, दुलही मेकअप, मेहेन्दी जस्ता कामहरु अरु ठाउँहरु भन्दा सस्तो र राम्रो तरिकाले गर्दछौँ ।

व्यवसायबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
यो व्यवसायबाट म पुर्ण सन्तुष्ट छु । किनभने मेरो आफ्नो ग्राहकहरु जति आउनुहुन्छ उहाहरु फर्कि फर्कि आउनुहुन्छ मेरो कामप्रति ग्राहकहरु खुसी हुनुहुन्छ र मलाई अझै के कस्तो कामहरु गर्नुपर्छ भनि राम्रो राम्रो प्रतिक्रियाहरु दिई राख्नु हुन्छ । मेरो आफ्नो काम भएको हुँदा म अरुको अन्डरमा बस्नु पर्दैन आफुलाई जान मन लागेको बेला म जान पाउछु त्यसैले पनि म यो व्यवसायबाट सन्तुष्ट छु ।

व्यवसाय गर्दा के कस्ता समस्या आउने गरेका छन् ?
ब्यूटिसियन पेशालाई पहिला पहिला राम्रो दृष्टिले हेर्ने गरिँदैनथ्यो र अलि कम पढेकाले के गर्ने भन्दा पार्लर खोल्ने सिक्ने भनिन्थ्यो । जथाभाबी पार्लरहरु खोल्ने ३,४ महिना सिक्यो खोल्यो गर्ने, घरै पिच्छे पार्लरहरु खोल्ने क्रम बढ्दो छ । तर पनि नयाँ व्यवसाय हाम्रो खासै असर गरेका छैनन् ।

आगामी योजना बारे के भन्नु हुन्छ ?
र्भखरै मैले पार्लर सँगसँगै लेडिज आइटमहरु जस्तै ः लेडिज सेन्डील, लेडिज व्याग तथा लेडिज कुर्ती गाउन जस्ता अन्य लेडिज आइटमहरु पनि थप गरेकी छु र भविष्यमा लेडिजहरु लाई चाहिने सम्पूर्ण सामानहरु पनि उपलब्ध गराउने विचार गरेकी छु जुन सामान तपाइले बाहिर किन्दा २ हजार पर्छ भने मैले त्यो सामान १५ सय देखि १६ सयमा दिइरहेकी छु ।

प्रस्तुतीः सरु अधिकारी/गौतमबुद्ध सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *