आफैले रोजेको व्यवसाय भएकोले सन्तुष्ट छु ।

मोहताव आलम
प्रोप्राईटर, खुसी अटो एण्ड स्पेयर पार्टस, सेवापथ भैरहवा

१.कहिलेदेखि व्यवसाय सुरु गर्नुभयो ?
यो व्यवसायिक प्रतिष्ठान २०७६ जेठ १ गतेदेखि सुरु भएको हो । तर म विगत ६ वर्षदेखि यस्तो किसिमको व्यवसायमा संलग्न छु ।

२. के के सुविधा दिइरहनु भएको छ ?
हामीले सम्पूर्ण मोडलका कारहरु मर्मतका साथै ती गाडीहरुको स्पेयर्स पाट्र्सहरु पनि उपलब्ध गराउँछौ । डेन्ट पेन्ट सम्बन्धि कामहरु गर्छौं । साथै गाडी मर्मतसंग सम्बन्धित सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेका छौ ।

३. व्यवसायबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
म आफैले रोजेको व्यवसाय भएकोले सन्तुष्ट छु । ग्राहकहरुलाई दिएको सेवाले उहाँहरुको मन जित्न पाउदाँ खुशी लाग्छ । ग्राहकहरुको प्रतिक्रिया पनि राम्र्रो आइरहेको छ ।

४.व्यवसाय गर्दा के–कस्ता समस्याहरु आउने गरेका छन ?
मसंगै मेरा १० जना कर्मचारीहरुले दिएको गुणस्तरीय सेवाले गर्दा ग्राहकहरुको मन जिल्न त सफल भएका छौ । तर, विगतको तुलनामा वर्कसपहरु खुल्ने क्रम बढ्दो छ जसले गर्दा बजारमा प्रतिष्पर्धा बढ्दै गएको छ । नयाँ व्यवसायले हाम्रो व्यवसायलाई खासै असर नगरे तापनि व्यवसाय वृद्धिको लागि सहुलियत लगानीको व्यवस्था नभएकोले भने चाहे अनुसारको सेवा दिन अलि सकिरहेका छैनौ ।

५. आगामी योजनाहरु के बनाउनु भएको छ ?
अब छिट्टै नै अर्काे अटो व्यवसाय सुरु गर्दै छौ । त्योसँगै यो प्रतिष्ठानलाई पनि वृद्धि गर्दै लैजाने योजना छ ।
                                                                                                                                                                                                        प्रस्तुतिः विष्णु भट्टराई

Leave a Reply

Your email address will not be published. Required fields are marked *