भैरहवामा एम्स फार्मेसी

गौतमबुद्ध सन्देश
भैरहवा, २७ मंसिर ।
रुपन्देहीको सदरमुकाम भैरहवाको नयाँसडकमा एम्स फार्मेसी प्रा.लि. सञ्चालनमा आएको छ । करिब २५ लाख लगानीमा स्थानीय दिपेन्द्र बरुणले उक्त फार्मेसी सञ्चालनमा ल्याएका हुन् । विगत १७ वर्षदेखि डेण्टल क्लिनिक सञ्चालनको अनुभव बटुलेका उनले बिहीबारदेखि औपचारिक रुपमा ओपीडि सेवासहितको फार्मेसी सञ्चालनमा ल्याएको बताए । उक्त फार्मेसीबाट नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. रोशन आचार्य तथा जनरल सर्जन डा. सन्तोष मिश्राले सुविधा उपलब्ध गराउने छन् ।
उक्त फार्मेसीसंगै विभिन्न डेण्टल क्लिनिकहरु सञ्चालनको अनुभवी उनले विगत डेढ वर्षदेखि नयाँसडकमै एभरेष्ट डेण्टल क्लिनिक समेत सञ्चालन गर्दै आएका छन् । उक्त क्लिनिकबाट डाक्टरहरु लोकराज खनाल, किशोर दत्त र अस्मिता उप्रेतीले दाँत सम्बन्धि सम्पुर्ण उपचार सेवा दिँदै आएको क्लिनिकका सञ्चालक बरुणले बताए ।
उनका अनुसार फार्मेसी होस वा डेण्टल क्लिनिक होस आफुसंग आउने बिरामीले अन्यत्र भन्दा सहज, सरल र सुलभ दरमा उपचार सुविधा पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *